०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

मंसीर २ गतेदेखि दाङ बन्द भन्ने हल्ला भ्रममा नपर्नु अपिल सिडियो:आचार्यको

Logo
प्रकाशित शनिबार, कार्तिक २९, २०७७

सागर थापा
दाङ जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले मंसीर २ गतेदेखि दाङ बन्द भन्ने हल्ला चलेकोले भ्रममा नपर्न दाङ जिल्ला बासीलाई आग्रह गर्नुभएको छ ।
तिहारमा (देउसीभैलो) नखेल्न, मन्दिरमा नजान अनावश्यक रुपमा हिडडुल भिडभाड र जमघट नगर्नका लागि मात्रै जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गरेको हो। दाङ बन्दका रूपमा नलिन प्रमुख जिल्ला अधिकारी आचार्यले सबै दाङ जिल्ला बासीलाई आग्रह गरे । हिड्डुल गर्न सामान्य जीवनलाई असर पर्ने गरी निषेधाज्ञा गरेको होईन प्रमुख जिल्ला अधिकारी आचार्यले भने कोरोना रोकथाम तथा नियन्त्रणका लागि क्लव संघसंस्था जम्मा भएर देसीभैलो नखेल्न भिडभाड नर्गन, अनावश्यक रुपमा हिड्डुल नगर्न भनेका हौ । दाङमा कोरोना संक्रमण र मृत्युको संख्यामा वृद्धि हुनथालेपछि नजिकै आइरहेका तिहार छट्पर्वलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय दाङले कार्तिक २५ गतेदेखि मंसीर ६ गतेसम्म सामान्य जनजीवनलाई असर नपर्ने गरेर सुचना जारी गरेको दाङका प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुन: बदली आउने चेतावनी दिएको छ । विभागका अनुसार मंगलबारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो । गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले […]

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]