३० चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

मंसीर २ गतेदेखि दाङ बन्द भन्ने हल्ला भ्रममा नपर्नु अपिल सिडियो:आचार्यको

Logo
प्रकाशित शनिबार, कार्तिक २९, २०७७

सागर थापा
दाङ जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले मंसीर २ गतेदेखि दाङ बन्द भन्ने हल्ला चलेकोले भ्रममा नपर्न दाङ जिल्ला बासीलाई आग्रह गर्नुभएको छ ।
तिहारमा (देउसीभैलो) नखेल्न, मन्दिरमा नजान अनावश्यक रुपमा हिडडुल भिडभाड र जमघट नगर्नका लागि मात्रै जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गरेको हो। दाङ बन्दका रूपमा नलिन प्रमुख जिल्ला अधिकारी आचार्यले सबै दाङ जिल्ला बासीलाई आग्रह गरे । हिड्डुल गर्न सामान्य जीवनलाई असर पर्ने गरी निषेधाज्ञा गरेको होईन प्रमुख जिल्ला अधिकारी आचार्यले भने कोरोना रोकथाम तथा नियन्त्रणका लागि क्लव संघसंस्था जम्मा भएर देसीभैलो नखेल्न भिडभाड नर्गन, अनावश्यक रुपमा हिड्डुल नगर्न भनेका हौ । दाङमा कोरोना संक्रमण र मृत्युको संख्यामा वृद्धि हुनथालेपछि नजिकै आइरहेका तिहार छट्पर्वलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय दाङले कार्तिक २५ गतेदेखि मंसीर ६ गतेसम्म सामान्य जनजीवनलाई असर नपर्ने गरेर सुचना जारी गरेको दाङका प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । प्रहरीले तौलिहवा बजारमा स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ बरामद गरेको छ। घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा शिवा पटवा भन्ने आशिष कुमार रहेको बताइएको छ। उनलाई शिवराज नगरपालिका-५ ग्यालेक्सी टोलस्थित महेश बरईको घरमा डेरा गरी बस्दै गर्दा पक्राउ गरिएको हो । प्रहरीले बरामद गरेको रकमको स्रोत खुलेको छैन। प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा चैत्र ३० गते सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ समापन भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ खेलकुद प्रतियोगिता चैत्र २४ गतेदेखि सुरु भएको थियो, जसमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न बाहिनी मुख्यालयका खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा फुटबल,भलिबल, एथ्लेटिक्स र कबड्डी गरी खेलहरु समावेश गरिएको थियो। विभिन्न […]

डोल्पा । जिल्लाको ठूलीभेरी नगरपालिका-६ काँडातालीमा सोमबार बिहान सडक विस्तारको काम गरिरहेको क्रिस एन्ड क्रस्टिना निर्माण सेवा मुड्केचुलाको डोजर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । डोजर पल्टिँदा काँडातालीका ४५ वर्षीय सिद्दी बुढा र ४२ वर्षीय सुद्दसिंह बूढाको घरको माथिल्लो तला पूर्ण रूपमा भत्किएको छ भने तल्लो तलामा समेत चर्किएको […]

error: Content is protected !!