०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
×

होटलमा दनदनी दन्कियो आगो

Logo
प्रकाशित सोमबार, जेठ ०७, २०७५

घोराहीको एक होटलमा भिषण आगलागि

दिपक वली,घोराही ७ जेष्ठ
एकान्त बाटो भित्रि गल्लि र त्यहा रहेको एउटा होटलबाट आगोको मुस्लो निस्कियो र त्यो गल्लिमा रहेका मानिस हरुको कोलहाल मच्चियो , मान्छेको भागदौड मच्चिरहेको थियो के भयो भन्दा त्यँहा वास्तबिक आगलागि भैरहेको थियो । घोराही उपमहानगरपालिका १५ तुलसिपुर चोकमा अबस्थित भक्त बहादुर के.सिको घरमा रहेको न्यु लुम्बिनि खाजा घरमा आगलागि हुदा लाखौको क्षेति भएको छ । ग्यास सिलिन्डर लिग हुदा आगलागि भएको थियो । गुल्मि जिल्ला बाट ब्यबसाय सुरु गर्ने हेतुले दाङ आउनुभएका इस्वर बेलबासेले ३ दिन अघि मात्र उक्त होटल ८० हजारमा खरीद गर्नु भएको थियो । लगतै करीव एक लाख बिसहजार बराबरको सामान थप्नु भएको थियो र जम्मा जम्मि २ लाख बराबर क्षेति भएको पनि अग्नि पडित बेलबासेले बताउनुभयो । उँहाले आज बाट होटल संचालञ गर्न सुरु गर्नुभएको थियो । २÷४ पैसा कमाउने आसले उँहाले होटल त खोल्नुभयो तर अपसोच उँहाको होटलमा सुरुकै दिन आगलागि भयो र भित्र रहेका सम्पुर्ण सामानहरु जलेर नष्ट भएको पनि उँहाले बताउनुभयो । सानो लगानिबाट सुरु गरेको होटलमा आगलागि हुदा आफ्नो सबै सपना चक्नाचुर भएको उँहाले बताउनुभयो । घोराही उपमहानगरपालिकाको दमकल समयमा नआउदा पनि आगलागिबाट धेरै क्षेति भएको स्थानिय तथा प्रतक्षदर्शि बताउछन । ग्याँस ब्यबसायि समितिका सन्तोष श्रेष्ठ र कृष्ण वलिको नतृक्त्वमा आयका अग्नि नियन्त्रक टोलिको स्थानिय बासि ,गौतमको जम्बो पानि ट्याङकर र नेपाल प्रहरीको अथक प्रयास पछि आगो नियन्त्रणमा आएको उक्त होटलका घरधनि भक्तबहादुर के.सिले बताउनुभयो । आगलागिबाट मानबिय क्षेति भने नभएको जिल्ला प्रहरी प्रमुख दुर्गा सिंहले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इरानले होर्मुज जलमार्ग हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको तेलवाहक जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ । इरानी अधिकारीहरूका अनुसार जहाजले अनुमति बिना जलघाँटी पार गर्न खोजेपछि कारबाही गरिएको हो । यद्यपि, उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । इरानले अनुमति बिना जलमार्ग पार गर्ने अन्य जहाजमाथि पनि कारबाही गर्ने चेतावनी […]

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा कवाज प्रदर्शन गर्दै सशस्त्र प्रहरी बल नेपालले । आज असोज ३ गते टुँडिखेलमा आयोजित विशेष समारोहमा सशस्त्र प्रहरीले कवाज प्रदर्शन गरेको हो।

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा कवाज प्रदर्शन गर्दै नेपाल प्रहरी ।आज असोज ३ गते टुँडिखेलमा आयोजित विशेष समारोहमा नेपाल प्रहरीले कवाज प्रदर्शन गरेको हो।