१९ माघ २०८२, सोमबार
02-02-2026 , Mon
×

होटलमा दनदनी दन्कियो आगो

Logo
प्रकाशित सोमबार, जेठ ०७, २०७५

घोराहीको एक होटलमा भिषण आगलागि

दिपक वली,घोराही ७ जेष्ठ
एकान्त बाटो भित्रि गल्लि र त्यहा रहेको एउटा होटलबाट आगोको मुस्लो निस्कियो र त्यो गल्लिमा रहेका मानिस हरुको कोलहाल मच्चियो , मान्छेको भागदौड मच्चिरहेको थियो के भयो भन्दा त्यँहा वास्तबिक आगलागि भैरहेको थियो । घोराही उपमहानगरपालिका १५ तुलसिपुर चोकमा अबस्थित भक्त बहादुर के.सिको घरमा रहेको न्यु लुम्बिनि खाजा घरमा आगलागि हुदा लाखौको क्षेति भएको छ । ग्यास सिलिन्डर लिग हुदा आगलागि भएको थियो । गुल्मि जिल्ला बाट ब्यबसाय सुरु गर्ने हेतुले दाङ आउनुभएका इस्वर बेलबासेले ३ दिन अघि मात्र उक्त होटल ८० हजारमा खरीद गर्नु भएको थियो । लगतै करीव एक लाख बिसहजार बराबरको सामान थप्नु भएको थियो र जम्मा जम्मि २ लाख बराबर क्षेति भएको पनि अग्नि पडित बेलबासेले बताउनुभयो । उँहाले आज बाट होटल संचालञ गर्न सुरु गर्नुभएको थियो । २÷४ पैसा कमाउने आसले उँहाले होटल त खोल्नुभयो तर अपसोच उँहाको होटलमा सुरुकै दिन आगलागि भयो र भित्र रहेका सम्पुर्ण सामानहरु जलेर नष्ट भएको पनि उँहाले बताउनुभयो । सानो लगानिबाट सुरु गरेको होटलमा आगलागि हुदा आफ्नो सबै सपना चक्नाचुर भएको उँहाले बताउनुभयो । घोराही उपमहानगरपालिकाको दमकल समयमा नआउदा पनि आगलागिबाट धेरै क्षेति भएको स्थानिय तथा प्रतक्षदर्शि बताउछन । ग्याँस ब्यबसायि समितिका सन्तोष श्रेष्ठ र कृष्ण वलिको नतृक्त्वमा आयका अग्नि नियन्त्रक टोलिको स्थानिय बासि ,गौतमको जम्बो पानि ट्याङकर र नेपाल प्रहरीको अथक प्रयास पछि आगो नियन्त्रणमा आएको उक्त होटलका घरधनि भक्तबहादुर के.सिले बताउनुभयो । आगलागिबाट मानबिय क्षेति भने नभएको जिल्ला प्रहरी प्रमुख दुर्गा सिंहले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा सहभागी १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शनिबार भएको जवान पदको लिखित परीक्षामा अर्काका नाममा परीक्षा दिइरहेका १२ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले आज सार्वजनिक गरेको छ । उक्त परीक्षामा सक्कली परीक्षार्थीको सट्टामा नागरिकता र प्रवेश पत्रमा फोटो […]

अहिले मोटोपनको कारण विश्वमा भयावह स्थिति सिर्जना भएको छ । सुविधासम्पन्न जीवनशैली तथा खानपानसम्बन्धी न्यून ज्ञानका कारण धेरै मानिस मोटोपनको समस्याबाट ग्रसित छन् । कुनै पनि मानिसको तौल तथा उचाइको अनुपात २५ वा सोभन्दा बढी भएमा उसलाई मोटोपनको समस्या भएको बुझिन्छ । मोटोपनका कारण शरीरमा अन्य धेरै नसर्ने दीर्घकालीन रोगहरू ह्दयाघात, पक्षघात, मधुमेह, उच्च रक्तचाप, […]

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ। गत मङ्गलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेसबाहेकका क्षेत्रको जनजीवन प्रभावित भएर खुलेको मौसम एक हप्ता नबित्दै पुनः वर्षा गराउने प्रणाली सक्रिय हुन लागेको हो। आजदेखि नै सुदूरपश्चिम क्षेत्रमा हल्का असर देखिन थालेको र उक्त […]

error: Content is protected !!