२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

बर्दघाट नगरपालिका भित्र सूर्तीजन्य बस्तु प्रतिबन्ध

Logo
प्रकाशित सोमबार, जेठ ०७, २०७५

७ जेठ, नवलपरासी ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका भित्र चुरोट तथा सूर्तीजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाइने भएको छ ।

सार्वजनिक स्थानमा समेत धुमपान गर्ने र सूर्ती, पुकार, भोला जस्ता सूर्तीजन्य बस्तुका खोलहरु प्रयोगकर्ताले प्रयोग गरेपछि जताततै फाल्दा नगर फोहोर भएको भन्दै नगरपालिकाले यस्तो प्रतिबन्ध लगाउन थालेको बर्दघाट नगरपालिकाका नगरप्रमुख धिरज शर्मा बस्यालले बताए ।

नगरपालिका भित्र नगरपालिकाको अनुमति लिएर मात्र बिक्री गर्न पाइने र प्रयोगकर्ताले त्यसलाई व्यवस्थित ढंगले मात्र प्रयोग गर्न पाइने गरी व्यवस्थापन गर्न लागेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको कार्यालयले धुमपान, मध्यपान तथा लागुपदार्थ दूव्र्यसनी जागरण अभियान कार्यक्रम सम्बन्धी कार्यपत्र समेत तयार पारेर छलफलमा लगेको छ ।

नगरप्रमुख शर्माका अनुसार जेठ २५ गतेभित्र यसलाई लागू गर्ने गरी तयारी गरिएको छ ।

पहिलो चरणमा विद्यालय, सार्वजनिक स्थान लगायतका क्षेत्रलाई लक्षित गरी जागरण अभियान चलाउने भएको छ ।

जागरण अभियान जेठ २० गतेसम्म चलाइने र जेठ २५ गतेबाट कार्यान्वयनमा लैजाने शर्माले बताए ।
बर्दघाटको मुख्य चोक बसपार्क, त्रिवेणी चोक, बर्दघाट बजार लगायतका साना ठूलो चोकहरु सूर्तीजन्य बस्तुको खोलले निक्कै फोहोर देखिने गरेको छ ।

चुरोट, सूर्ती र गुट्खा लगायतका सूर्ति जन्य पदार्थहरुको बिक्री बितरण नियन्त्रण अभियानको कार्य सम्पादन जेष्ठ २१ गते भित्र सक्ने गरी जिम्मेबार निकायको रुपमा बर्दघाट नगरपालिकानै रहने गरी नगरपालिकाले प्रस्ताव अगाडि सारेको छ ।

सार्वजनिक स्थानमा धुमपान तथा सूर्तीजन्य बस्तु प्रयोग गर्ने र त्यसबाट निस्कने फोहोर सार्वजनिक स्थानमा फाल्नेलाई कारवाही गर्न सक्नेसम्मको तयारीसहित बर्दघाट नगरपालिका अगाडि बढेको छ ।
OnlineKhabar

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।