१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

ग्यास बुलेटले ठक्कर दिँदा दुई जनाको मृत्यु

Logo
प्रकाशित मंगलबार, मंसिर ०९, २०७७

(रिता थापा)
चितवन पूर्वपश्चिम राजमार्गको राप्ती नगरपालिका ६ हर्दीस्थित राजमार्गमा साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
भारतीय नम्बर प्लेटको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना स्थानीयवासीको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार घटनापछि स्थानीयवासीले सडक अवरुद्ध गरेका छन्।
स्थानीयवासी र प्रहरीबीच सडकमा पटक पटक झडप भएको बताइएको छ । प्रहरीका अनुसार प्र ३–०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई ग्यास बुलेटरले ठक्कर दिएको थियो।
ग्यास बुलेटलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। मृत्यु हुने दुबै जनाको सनाखत हुन नसकेको बताइएको छ । उनीहरुलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।
प्रहरीले बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]