२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

प्रदेश ५. प्रहरीद्धारा चालकसँग कुराकानी’अभियान जारी

Logo
प्रकाशित सोमबार, मंसिर १५, २०७७

(सागर थापा)
दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले सवारी दुर्घटना न्यूनिकरणका लागि ‘चालकसँग कुराकानी’ अभियान शुरू गरेको छ । मंसिर १४ देखि ३० गतेसम्म ट्राफिक प्रहरीले यो अभियान चलाउनेछ । प्रदेशका पहाडी जिल्लाहरू पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र रुकुम पूर्वका ग्रामिण क्षेत्रमा सवारी दुर्घटना भइरहेकाले न्यूनिकरण गर्न अभियान थाल्न लागेको प्रहरीले जानकारी दिएको छ ।
अभियानमा चालकलाई प्रशिक्षण, व्यवसायीसँग समन्वय, सवारी साधनको चेकजाँच, सवारी साधनको यान्त्रिक व्यवस्था, ओभर लोड, ओभर स्पीड, मापसे चेकिङ प्रभावकारी गर्ने जस्ता कार्य गरिने कार्यालयका प्रवक्ता एवं एसएसपी राजकुमार बैदवारले जानकारी दिए। दुर्घटनाको कारण र नियन्त्रणका उपायमा चालकको महत्वपुर्ण भूमिका रहने भएकाले सडक दुर्घटना न्यूनिकरण गर्न पहाडी जिल्लाहरूमा यो अभियान शुरु गरेको उनले बताए ।
अभियानमा प्रदेश ट्राफिक प्रहरी कार्यालयको समन्वयमा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयहरूले सवारी चालकहरूसँग भेटघाट, समस्या र दुर्घटना न्यूनिकरणमा चालकको भूमिकाबारे जानकारी गर्ने जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!