०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

नेपालगन्जको सडकलाई ब्यबस्थित गर्दै वडा प्रहरी निरीक्षक :खड्का

Logo
प्रकाशित सोमबार, मंसिर १५, २०७७

(सागर थापा/महेन्द्र सिंह) बाँके। वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काले ट्राफिक ब्यवस्थापनको लागि जनचेतना मूलक कार्यक्रम सडकमै घुम्ती प्रशिक्षण गरिने बताएका छन । प्रहरी निरीक्षक खड्काले पार्किङको समस्या समाधानका लागि नेपालगन्ज उपमहानगरपालिकासंग समन्वय गरेर सडकको एक साइडमा वन वे पार्किङको ब्यबस्था मिलाउने तयारी रहेको बताए । नेपालगन्जमा छाडा पशु चौपाया पनि सडक खण्डकोे मुख्य चुनौति भएको बताए । सरोककारवाला निकायहरुसंगको सहकार्यमा नेपाल प्रहरी अगाडी बढ्ने प्रतिवद्धता समेत जाहेर गरे । छाडा पशु चौपायाका कारण बाँकेमा धेरै जसो दुर्घटनाका घटनाहरु बढ्दै गएको बताउँदै वडा प्रहरी निरीक्षक खड्काले दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम गरिनुका साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेसंग समन्वय गर्ने समेत उल्लेख गरे । नेपाल प्रहरी र ट्राफिक प्रहरीले विगतमा संचालन गर्दै आएका ट्राफिक ब्यबस्थापनलाई प्रभावकारी गतिविधिहरुलाई आगामी दिनहरुमा समेत निरन्तरता दिनका लागि सबैले सहयोग गर्नुपर्ने वडा प्रहरी निरीक्षक खड्काले सबैलाई अनुरोध समेत गरेका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]