२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपालगन्जको सडकलाई ब्यबस्थित गर्दै वडा प्रहरी निरीक्षक :खड्का

Logo
प्रकाशित सोमबार, मंसिर १५, २०७७

(सागर थापा/महेन्द्र सिंह) बाँके। वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काले ट्राफिक ब्यवस्थापनको लागि जनचेतना मूलक कार्यक्रम सडकमै घुम्ती प्रशिक्षण गरिने बताएका छन । प्रहरी निरीक्षक खड्काले पार्किङको समस्या समाधानका लागि नेपालगन्ज उपमहानगरपालिकासंग समन्वय गरेर सडकको एक साइडमा वन वे पार्किङको ब्यबस्था मिलाउने तयारी रहेको बताए । नेपालगन्जमा छाडा पशु चौपाया पनि सडक खण्डकोे मुख्य चुनौति भएको बताए । सरोककारवाला निकायहरुसंगको सहकार्यमा नेपाल प्रहरी अगाडी बढ्ने प्रतिवद्धता समेत जाहेर गरे । छाडा पशु चौपायाका कारण बाँकेमा धेरै जसो दुर्घटनाका घटनाहरु बढ्दै गएको बताउँदै वडा प्रहरी निरीक्षक खड्काले दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम गरिनुका साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेसंग समन्वय गर्ने समेत उल्लेख गरे । नेपाल प्रहरी र ट्राफिक प्रहरीले विगतमा संचालन गर्दै आएका ट्राफिक ब्यबस्थापनलाई प्रभावकारी गतिविधिहरुलाई आगामी दिनहरुमा समेत निरन्तरता दिनका लागि सबैले सहयोग गर्नुपर्ने वडा प्रहरी निरीक्षक खड्काले सबैलाई अनुरोध समेत गरेका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]