२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

डिआइजी विश्वराज पोख्रेल एआइजीमा सिफारिस

Logo
प्रकाशित सोमबार, मंसिर १५, २०७७

ABC (क्राईमबिट)
काठमाडौ । नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाकालागी सिफारिस भएका छन।
सोमबार साँझ गृहमन्त्रालयमा गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवाकालागी सिफारिस गरेको हो।
एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदश्य र आईजीपी सदस्य सचिव रहने व्यवस्था छ।
डिआइजी पोखरेल हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन्।
पोखरेल एसपीपछिका बढुवाहरुमा जम्प हान्दै विवादित बाटोबाट बढुवा भईरहने प्रहरी अधिकृतका रुपमा चिनिएका छन।
एसपीबाट एसएसपी बढुवामा आफु भन्दा सिनियर ब्याचलाई समेतपछि पारेर बढुवा भएका पोखरेल डिआईजीमा पनि एकल बढुवा भएका थिए।
ब्याचका डिआईजीहरु सहकुल थापा, धिरजप्रताप सिह, रविन्द्र धानुक, उत्तम सुवेदी लगायतलाई पछि पारेर सोमबार भएको एआईजी बढुवाको सिफारिसपछि पोखरेललाई प्रहरी संगठनमा भावि आईजीपीका रुपमा हेरिएको छ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलका नातेदार पोखरेललाई एआईजीमा बढुवा गरेर भावी आईजीपीको एकल उम्मेदवार बनाउनका लागि सरकारले मंसिर पहिलो हप्ता एआईजीको दरबन्दी थपेको थियो।
हालका आईजीपी शैलेश थापा क्षेत्रीको अवकाश भएपछि आईजीपी बन्नका लागि अब पोखरेल एक्लो दाबेदार बनेका छन्। क्षेत्रीको कार्यकाल १९ वैशाख २०७९ सम्म छ।
२०४३ सालमा करिब ५ वर्ष अदालतमा न्याय सेवाको अनुभव बटुलेर पोखरेलले २०४९ साल चैत १२ गते नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!