२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

एसएसपी अशोक सिंह गुन्डागर्दीविरुद्ध कडा रुपमा प्रस्तुत

Logo
प्रकाशित मंगलबार, मंसिर १६, २०७७

ABC (क्राईमबिट) काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंकाे प्रमुखको जिम्मेवारी सम्हालेका एसएसपी अशोक सिंह गुन्डागर्दीविरुद्ध कडा रुपमा प्रस्तुत भएका छन्।
परिसरको नेतृत्व सम्हालेपछि काम देखाउन र चर्चा कमाउनका लागि प्रमुखहरुले गुण्डागर्दी नियन्त्रणमा नचुक्ने बताउने गर्दछन् । सोही शैली अपनाउँदै एसएसपी सिंहले गुन्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनलाई खानतलासी गर्न लगाएका छन् ।
दरबारमार्गमा भिटारा गाडीमा सवार चक्रेलाई दरबारमार्ग प्रहरीले नियन्त्रणमा लिई गाडी सहित खानतलासी गरेको हो । एसएसपी सिंहकाे आदेशमा दरबारमार्ग प्रहरीले शनिबार चक्रेमाथि खानतलासी गरेकाे हाे ।
राजधानीका केही पुराना गुण्डा फेरि हातहतियार सहित हिँड्ने गरेको सूचना प्रहरीमा पुगेको थियो । सोही सूचनाको आधारमा सडकमा हिडिरहेका चक्रे मिलनमाथि खानतलासी गरिएको प्रहरीकाे भनाइ छ ।
चक्रेबाट केही बरामद नभएपछि उनलाई छाडिएको थियो । एसएसपी सिंहले चक्रे मिलनलाई प्रहरीले खानतलासी गरेको र केही नभेटिएपछि छाडिदिएको पुष्टि गरे।
काठमाडौंमा अहिले गुण्डागर्दी खासै नभएपनि चर्चा कमाउनकै लागि एसएसपी सिंहले चक्रेमाथि खानतलासी गरेको चक्रेका सहयोगीहरुले आरोप लगाएका छन् ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भर्ना तथा छनोटपछि १० दिने तालिम पूरा गरेका एक लाख ४९ हजार ‘निर्वाचन प्रहरी’ अर्थात् म्यादी प्रहरी अब नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा टोलीसँगै खटिएका हुन् । नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० र सशस्त्रले १५ हजार ११० निर्वाचन प्रहरीलाई गएको माघ १८ मा नियुक्तिपत्र दिएको थियो । प्रतिनिधिसभा सदस्य चुनावलाई स्वच्छ, […]

चितवन । जिल्ला प्रहरी कार्यालय चितवन मातहतको इलाका प्रहरी कार्यालय खैरहनीका इन्चार्ज प्रहरी इन्स्पेक्टर प्रदीप महतविरुद्ध एक महिलाले माघ २३ गते जाहेरी दिएकी हुन् । महत हाल हिरासतमा रहेको जिप्रका चितवन स्रोतले बतायो । आफ्नो पदको दबाब र प्रभावमा पारेर पटक-पटक यौन शोषण गरेको आरोप उनीमाथि छ । ३७ वर्षकी ती महिलाले जाहेरीमा गत असोज […]

काठमाडौं । बैंकको चेक अनादर (बाउन्स) मा हुने जेल र जरिवानाको कठोर सजाय हटाएर विनिमेय अधिकार पत्र ऐन, २०३४ मा गरिएको संशोधन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । योसँगै चेक अनादर मुद्दामा गरिएको खुकुलो सजायको प्रावधानमा अंकुश लागेको छ । प्रधानन्यायाधीश प्रकाशनसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिकृष्ण फुयाल […]

error: Content is protected !!