१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

पाँच नम्बर प्रदेशको नंया प्रहरी प्रमुखमा डिआइजि बस्नेत

Logo
प्रकाशित बिहिबार, जेठ १०, २०७५

कार्यभार सम्हाल्दै भने–‘राजनिति र ब्यावसायिक आडमा हुने सबै गैरकानुनि काम रोक्छौ’

सागर थापा दाङ
गुन्डागर्दि पुर्णरुपमा नियन्त्रण र प्रेस तथा मानव अधीकारको सम्मान पहीलो प्राथमीकता
घोराही, जेठ १० । पाँच नम्बर प्रदेशको नयाँ प्रहरी प्रमुखमा डिआइजि शेर बहादुर बस्नेत आउनु भएको छ । एआइजि मधुसुदन पुडासैनिको यहाँवाट सरुवा भएपछि उहा हिजो बुधबार मात्रै दाङ आउनु भयको हो । यस अघि जिल्ला प्रहरि कार्यालय दाङमा डिएसपि भयर काम गरि सक्नु भयका बस्नेत प्रदेश प्रहरी प्रमुखका रुपमा आउने तेस्रो प्रहरी प्रमुख हुनुहुन्छ । काठमान्डौमा अनुसन्धान ब्युरोमा रहनु भएका बस्नेतको प्रदेश ५ को प्रहरी कार्यालय दाङ सरुवा भएको हो । प्रदेश प्रहरी प्रमुखको कार्यभार सम्हाल्दै डिआइजि बस्नेतले राजनिति र ब्यावसायिक आडमा हुने सम्पुर्ण गैर कानुनि क्रीयाकलाप नियन्त्रण गर्ने दावि गर्नु भएको छ । प्रहरीको कामलाई स्वच्छ, जनमैत्रि र पारदर्शिता बनाउने आफ्नो मुख्य अभिभारा रहेको भन्दै प्रदेश ५ को सुरक्षा अवस्था विगतको भन्दा थप मजवुत भएर जाने उहाले बताउनु भयो । पहाड र तराई मिसीएर बनेको यो भुगोलका वारेमा केही समयभित्रै निरीक्षण गर्ने र सुरक्षा योजना बनाउने तयारीमा रहेको सुनाउनु भएका बस्नेतले गुन्डागर्दि, आपराधिक कृयाकलाप र कानुनलाई चनौति दिने सबै क्रीयाकलाप निस्तेज पार्नेसमेत बताउनु भयो । गैर कानुनि क्रीयाकलापमा आउने राजनितिक दवाव आफुलाई सह्रय नहुने भन्दै प्रदेशको सुरक्षा अवस्था मजवुत बनाउन नागरीक र प्रहरीको विचमा हातेमालो गर्नुपर्ने उहाको भनाई छ । प्रहरी देख्ने वित्तिकै जनता डराउने नभई भर पर्ने वातावरण बनाउन आफु लागि पर्ने भन्दै जनताको विचमा गएर आफुले प्रत्यक्षरुपमा छलफल गरेर सुरक्षाको वारेमा गुनासो सुन्ने कार्यक्रम सञ्चालन गर्ने पनि उहाले जानकारी दिनु भयो । प्रहरीभित्र सुद्धिकरण र आर्थिक पारदर्शिता आवश्यक रहेको भन्दै पछिल्लो सुन काण्डले प्रहरीभित्र रहेका गलत क्रीयाकलाप वाहीर आएको र अव थप संस्था सुद्धिकरण हुनुका साथै जनताले विश्वास गर्ने वातावरण बन्दै गएको प्रदेश प्रहरी प्रमुख बस्नेतले बताउनु भयो ।उहाले अहिलेसम्मको आफुलाई प्राप्त जानकारी अनुसार प्रदेश प्रहरीको कार्यालय दाङमै रहने र आगामि प्रदेश तथा केन्द्रिय सरकारको निर्णय अनुसार प्रदेश प्रहरीको कार्यालय कहाँ रहने भन्ने कुरा तय हुने र संघिय प्रहरी ऐन आएमा संघियतामा प्रहरी संरचनालाई अघि बढाउन सहयोग हुने उल्लेख गर्नु भयो । अपराध न्युनिकरणमा प्रहरी एक्लैले केही गर्न नसक्ने बताउनु भएका बस्नेतले सबैको सहयोग भएमा अपराध न्युनिकरणमा शुन्य सहनशिलता अपनाउने समेत उहाले बताउनु भयो । लागु औषध, गुन्डागर्दि, अवैध नदिजन्य पदार्थको तस्करी, बैदेशीक रोजगारीका ठगि सम्वन्धि मुद्धामा प्रहरी कडारुपमा प्रस्तुत हुने उहाले बताउनु भयो । उहाले प्रेस र मानवअधिकार पनि अपराध न्युनिकरणमा सहयोग गरीरहेको भन्दै आउदा दिनमा खवरदारी जारी राख्न सुझाउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा गएको भदौ १० गते आएको बाढीको कारण आज पनि रसुवा, नुवाकोट र धादिङका विभिन्न राजमार्ग अवरुद्धै अवस्थामा छन्। रसुवाका सबै मुख्य राजमार्ग अहिलेसम्म पनि गाडी चल्न नसकेका प्रहरीले जनाएको छ। त्यसैगरी आज ललितपुरमा कान्तिलोकपथ, मनाङमा बेनी–जोमसोम सडक र बेनी-दरबाङ सडक, मुस्ताङमा जोमसोम-कोरला सडक पूर्णरूपमा अवरुद्ध छ। त्यसैगरी पर्वतमा मालढुंगा-बेनी, मध्यपहाडी लोकमार्ग, […]

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका प्रधान सम्पादक इशाई अवाजका कार्यकारी सम्पादक एवं सिधा पत्रका क्राइमबिट ब्युरो प्रमुख पत्रकार सागर थापाले रक्तदान गर्नु भएको छ । उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]