१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

तुल्सीपुरमा सवारी दुर्घटनामा हुँदा २ जना घाइते

Logo
प्रकाशित शनिबार, मंसिर २०, २०७७

(तेज वली)
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ विद्युत कार्यालय अगाडी आज दिउँसो १२ बजेको समयमा तुलसीपुरदेखि बिजौरी तर्फ जादै गरेको बा ९५ प ८३३६ नम्बरको मोटर साइकल अनियन्त्रित भई पल्टिदा एक जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ हेरेबास निवासी २३ वर्षिय बादल थापा रहनु भएको छ । उहाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको अस्पतालले जनाएको छ ।
त्यस्तै, शान्तिनगर गाउँपालिका वडा नं. ५ रगैंचा स्थित पश्चिमबाट तुलसीपुर तर्फ आउदै गरेको नम्बर नखुलेको ट्रकको हावाले आज बिहान साढे पाँच बजेको समयमा लड्न गई एक जना घाइते हुनु भएको छ ।
घाइते हुनेमा शान्तिनगर गाउँपालिका वडा नं. ५ रगैंचा निवासी ४५ वर्षिय उमा कुमारी ठाडामगर रहेको प्रहरीले बताएको छ । उहाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर रेफर गरिएको दाङ प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]

उदयपुर। बेलका नगरपालिका–४ हरिपुरस्थित भित्री सडक खण्डमा चलिरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय सफल बस्नेतको घटनास्थलमै मृ त्यु भएको छ। प्रहरीका अनुसार बस गुडिरहेको अवस्थामा अचानक खस्दा बालक गम्भीर घाइते भएका थिए र घटनास्थलमै उनको ज्यान गएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

error: Content is protected !!