०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

तुल्सीपुरमा सवारी दुर्घटनामा हुँदा २ जना घाइते

Logo
प्रकाशित शनिबार, मंसिर २०, २०७७

(तेज वली)
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ विद्युत कार्यालय अगाडी आज दिउँसो १२ बजेको समयमा तुलसीपुरदेखि बिजौरी तर्फ जादै गरेको बा ९५ प ८३३६ नम्बरको मोटर साइकल अनियन्त्रित भई पल्टिदा एक जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ हेरेबास निवासी २३ वर्षिय बादल थापा रहनु भएको छ । उहाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको अस्पतालले जनाएको छ ।
त्यस्तै, शान्तिनगर गाउँपालिका वडा नं. ५ रगैंचा स्थित पश्चिमबाट तुलसीपुर तर्फ आउदै गरेको नम्बर नखुलेको ट्रकको हावाले आज बिहान साढे पाँच बजेको समयमा लड्न गई एक जना घाइते हुनु भएको छ ।
घाइते हुनेमा शान्तिनगर गाउँपालिका वडा नं. ५ रगैंचा निवासी ४५ वर्षिय उमा कुमारी ठाडामगर रहेको प्रहरीले बताएको छ । उहाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर रेफर गरिएको दाङ प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]

(एबिसि संचार ) जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले पुष्टि गर्दै परिचय नखुलेका ट्र्याक्टर […]