१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

आइतबारदेखि धरानका विद्यालयहरु सञ्चालनमा आउने

Logo
प्रकाशित शनिबार, मंसिर २०, २०७७

(विवेक गाहा)     धरान                                         कोरोना महामारीको कारण लामो समयदेखि बन्द रहेको धरानका निजी विद्यालय तथा संस्थागत विद्यालय आइतबार देखि सञ्चालन हुने भनिएको छ । धरान उपमहानगरपालिकाले निजी तथा संस्थागत विद्यालयहरुलाई कसरी कक्षा संचालन गर्ने भनेर मोडालिटी माग गरेको थियो निजी तथा संस्थागत विद्यालयहरुले पनि उप-महानगरपालिकालाई सात ओटा मोडालिटी बुझाएको थियो । सोही अनुसार विद्यालय खुलाएर कक्षा सन्चालन गर्ने भनेर उपमेयर मञ्जु भण्डारी सुवेदी ले जानकारी गराएपछि आइतबार देखि विद्यालय सञ्चालन गर्ने एसिसि अध्यक्ष धरान का राजेन्द्र गुरुङले बताउनुभयोको छ । स्वास्थ्य प्रोटोकलको पालनाको गरी आइतबारदेखि प्रावि तह काल ४,५ कक्षा र मावि तहका ८,९,१० कक्षाका विद्यार्थीहरुलाई पठाइने अध्यक्ष गुरुङले जानकारी गराउनुभयोको छ । विद्यालयमा कक्षा संचालन गर्दा एक सिफ्ट या दुई सिफ्ट गरी सञ्चालन गरिने र बिहान १० बजेदेखि १ बजेसम्म र १बजे देखि ४बजे सम्म दैनिक ३ घण्टा का दर ले विद्यालयका कक्षा संचालन गरिने र विद्यालयमा मा माक्स र सेनिटाइजर को व्यवस्था र एउटा बेन्चमा २ जना राखेर संचालन गर्ने अध्यक्ष राजेन्द्र गुरुङले बताउनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) जिल्ला अस्पताल धादिङमा कार्यरत डाक्टर प्रतिभा धौभडेल मृत फेला परेका छन् । ३४ वर्षीय डाक्टर धौभडेल काठमाडौंको छाउनीस्थित आफ्नै घरको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् । केही दिनअघि घर बिदामा काठमाडौं आएका उनी बाथरुपमा सलको पासोमा झुण्डिएको अवस्थामा भेटिएको उनका पति डा.कविराज भण्डारीले प्रहरीसमक्ष बयान दिएका छन् ।कपडाको सलले पासो लगाएर झुण्डिएको […]

(एबिसि संचार )                                                                वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जंगलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ […]

(एबिसि संचार ) होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको प्रहरीले जनाएको छ ।