२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

आइतबारदेखि धरानका विद्यालयहरु सञ्चालनमा आउने

Logo
प्रकाशित शनिबार, मंसिर २०, २०७७

(विवेक गाहा)     धरान                                         कोरोना महामारीको कारण लामो समयदेखि बन्द रहेको धरानका निजी विद्यालय तथा संस्थागत विद्यालय आइतबार देखि सञ्चालन हुने भनिएको छ । धरान उपमहानगरपालिकाले निजी तथा संस्थागत विद्यालयहरुलाई कसरी कक्षा संचालन गर्ने भनेर मोडालिटी माग गरेको थियो निजी तथा संस्थागत विद्यालयहरुले पनि उप-महानगरपालिकालाई सात ओटा मोडालिटी बुझाएको थियो । सोही अनुसार विद्यालय खुलाएर कक्षा सन्चालन गर्ने भनेर उपमेयर मञ्जु भण्डारी सुवेदी ले जानकारी गराएपछि आइतबार देखि विद्यालय सञ्चालन गर्ने एसिसि अध्यक्ष धरान का राजेन्द्र गुरुङले बताउनुभयोको छ । स्वास्थ्य प्रोटोकलको पालनाको गरी आइतबारदेखि प्रावि तह काल ४,५ कक्षा र मावि तहका ८,९,१० कक्षाका विद्यार्थीहरुलाई पठाइने अध्यक्ष गुरुङले जानकारी गराउनुभयोको छ । विद्यालयमा कक्षा संचालन गर्दा एक सिफ्ट या दुई सिफ्ट गरी सञ्चालन गरिने र बिहान १० बजेदेखि १ बजेसम्म र १बजे देखि ४बजे सम्म दैनिक ३ घण्टा का दर ले विद्यालयका कक्षा संचालन गरिने र विद्यालयमा मा माक्स र सेनिटाइजर को व्यवस्था र एउटा बेन्चमा २ जना राखेर संचालन गर्ने अध्यक्ष राजेन्द्र गुरुङले बताउनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!