२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

लुकाई छिपाई ल्याउदै गरेको चाँदी सहित दुई जना पक्राउ

Logo
प्रकाशित आइतबार, मंसिर २१, २०७७

(सुरेश कुमार पाण्डे)
कपिलवस्तु । लुकाई छिपाई ल्याउदै गरेको चाँदी सहित दुई जना मानिसलाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
सोमबार ०६:३० बजेको समयमा जिल्लाको वाणगंगा नगरपालिका २ लखनचोक स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु ५५ प ६१५९ नं.को स्कुटीमा चाँदी सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा स्कुटी पछाडी सवार अर्घाखाँची छत्रदेवी गाउँ पालिका ५ का २२ वर्षिय उमेश सुनारले बोकेको साईड ब्यागभित्र लुकाई राखेको अवस्थामा अन्दाजी मूल्य रु. ९६,०००(छेयानव्बे हजार ) बराबरको अन्दाजी ७३ तोला चाँदी र सेतो रातो पत्थर ४८ पिस फेला पारी स्कुटी उनी हरुलाइ नियन्त्रणमा लिएको हो ।
चालक रुपन्देही सिद्धार्थनगर नगरपालिका १३ का २६ वर्षिय सुगम पुन रहेका छन ।
उनीबारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!