२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

चोरी शिकारीमा संलग्न भएको आशङ्कामा २४९ जना पक्राउ

Logo
प्रकाशित बुधबार, मंसिर २४, २०७७

(राकेश श्रेष्ठ)
चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षको हालसम्म विभिन्न चोरीशिकारका गतिविधिमा संलग्न भएको आशङ्कामा २४९ जनालाई पक्राउ गरेको छ । उनीहरुमध्ये तीन जना कारागार चलान भएका छन् भने अन्य कतिपयलाई मुद्दा चलाइएको छ । कतिपय ठाडो जरिवाना गरेर छाडिएको हो ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ परेकामध्ये सबैभन्दा बढी १२३ जना माछा मार्ने घटनामा संलग्न भएका हुन् । यसैगरी घाँस दाउराका ६३ जना, बालुवा गिट्टीका २५ जना, काठका १३ जना, गैँडा चोरीशिकारीका एक जना र अन्य वन्यजन्तु तस्करीका २३ जना रहेको उहाँले जानकारी दिनुभयो ।
साउनमा १७ जना, भदौमा १०२ जना, असोजमा २१ जना, कात्तिकमा ५४ जना र मङ्सिरमा ५५ जना पक्राउ परेका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार गैँडा तस्करीका एक जना र काठका दुई जना कारागार चलान भएका छन् । उहाँले पछिल्लो समय चोरीशिकारका घटना बढेसँगै सुरक्षामा कडाइ गरिएको छ ।
पैदल, हात्ती, साइकल, डुङ्गा, गाडीलगायतबाट निकुञ्ज कर्मचारी र सेनाको संयुक्त टोलीले गस्ती गरिरहेको छ । दिन र रातको समयमा निकुञ्जका संवेदनशील क्षेत्रमा गस्ती बढाइएको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष शुरु भएयता चार वटा दुर्लभ एकसिङ्गे गैँडा तस्करले मारेको अवस्थामा फेला परेका छन् । यससँगै सुरक्षालाई थप कडाइ गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]