२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
×

काठमाडौं भक्तपुरको सटर फोडेर ५ पसलमा एकसाथ लुटपाट

Logo
प्रकाशित बुधबार, मंसिर २४, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रमा एकैपटक पाँचवटा पसलमा चोरी भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार चाँगुनारायण नगरपालिका-४ खनाल चोकका पाँच पसलमा चोरी भएको छ ।
खनाल चोकस्थित ट्रष्टले बनाएको घरको दोस्रो तलामा रहेका ५ वटा पसलका सटर तोडेर करिब २ लाख ७२ हजार २ सय ७० रुपैयाँ बराबरको धनमाल मंगलबार राति चोरी भएको छ ।
उक्त तलाको मूल ढोकाको ताला फुटाई सोही ठाउँ बस्ने खड्क बहादुर विक समेत ५ जनाले संचालन गरेको सुन पसल, विद्युतीय सामग्री, व्यूटिपार्लर, खाजा घर, सैलुन समेतको ताला फोडेर उक्त रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । सहायता कक्षको सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले शुभारम्भ गरे। चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेर जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको उनले बताए।नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर […]

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सरकारले एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा निलम्बित गरेको हो। उनीमाथि छानबिन पनि सुरु गरिएको छ। एआईजी दाहालमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]