२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ

Logo
प्रकाशित आइतबार, मंसिर २८, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । भक्तपुर नगरपालिका-४ राममन्दिर र चाँगुनारायण नगरपालिका-९ ताथलीबाट ३ थान मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सूर्यविनायक नगरपालिका-८ बस्ने दोलखा सैलुङ गाउँपालिका-२ घर भएका २३ वर्षीय सोनाम वाईबा, सोही ठाउँ बस्ने १९ वर्षीय फुर्बा घिसिङ, १८ वर्षीय किशोर र भक्तपुर पुरानोठिमी बस्ने सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-२ घर भएका २१ वर्षीय जिवन तामाङ रहेका छन् ।
मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले चाँगुनारायण नगरपालिका-९ ताथलीमा जाँच गर्दा चोरी भएको बा.८३ प ७७७३ नम्बरको मोटरसाइकल सहित सोनाम र फुर्बालाई बिहीबार राति तथा प्र.३-०२-००८ प ७५८५ र प्र.३-०२-०१४ प ०५९४ नम्बरका मोटरसाइकल सहित सूर्यविनायक नगरपालिका-८ सूर्यविनायकबाट अन्य २ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
उनीहरुलाई जिल्ला अदालत भक्तपुरबाट चोरी कसूरमा ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान तथा कारवाही भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!