२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

केआई नेपालको अद्यन भन्छ:प्युठान मानव बेचबिखनको उच्च जोखिममा

Logo
प्रकाशित शनिबार, जेठ १२, २०७५

सलिम अन्सारी
१२ जेठ, २०७५
मानव बेचबिखनका हिसाबले प्युठान उच्च जोखिममा रहेको पाइएको छ । केआई नेपालले शुक्रबार सार्वजनिक गरेको तथ्याकँ अनुसार प्युठान महिला तथा बालबालिकाको बेचबिखनको जोखिममा रहेको पाइएको हो ।
‘ सीमा क्षेत्रमा रोकथाम गरेका सम्भावित उच्च जोखिममा परेका महिला तथा बालबालिकामध्ये सबैभन्दा बढी प्युठान कै छन्,’ अद्यन प्रतिवेदन सार्वजनिक गर्दै केआई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले भने ‘पछिल्लो १५ महिनामा उच्च जोखिममा परेका ३० जनालाई प्रहरीको सहयोगमा सीमाबाट उद्धार गरेका छौं ।’ उनका अनुसार भारतसंग सिमाना जोडिएका सुनौली,कृष्णनगर र नेपालगन्ज हुदै दलालहरूले भारततिर लैजाँदै गरेको अवस्थामा रोकथाम गरेको हो । उनिहरु सबैलाई परिवारको जिम्मा लगाइसकेको केआई नेपालले जनाएको छ ।
केआई नेपालले यो अबधीमा सिमाक्षेत्रमा १२ सय ४० जनालाई परामर्स दिएको छ । ‘३ जनामाथि मानव बेचबिखनको मुद्दा दर्ता गरिएको छ,’ कार्यक्रम निर्देशक भट्टराईले भने अहिले पनि प्रत्येक दिन ८० जनाको संख्यामा प्युठानी महिला सिमामा भेटिन्छन । यो डरलाग्दो तस्वीर हो । कृष्णनगर नाकामा बढी भेटिन्छन ।सिमामा परामर्स दिइएका र उद्धार गरि घर फर्काइएकाहरुमा १८ बर्षमुनि उमेरसमुहका धेरै छन। ४० प्रतिशतको हाराहारीमा किश्वरी तथा बालबालिका र २५ बर्षमुनिका दुई तिहाई थिए । उद्धार गरिएका मध्ये अधिकाशं माध्यमिक तहभन्दा माथी पढेकाहरु थिएन्न । ४ जना महिला तथा बालबालिकालाई चितवन स्थित संरक्षित आवासगृहमा पठाईएको र १३ जनालाई घर फर्काईको प्रतिबेदनले देखाउँछ । पछिल्लो एक दशक यता रोकथाम,उद्धार र पुनस्थापनामा केआईनेपालले चेलिबेटिलाइ सिमामा निगरानी गर्दै आएको छ । यौनशोषण,दासता,मानवअंग प्रत्यारोपण,मनोरन्जन,बैदेशिक रोजगारी तथा घरेलु हिसाँ लगायत विभिन्न शोषणजन्य कार्यका लागि प्युठानका महिला तथा बालबालिकाहरु बिचौलियाको जालोमा पर्ने गरेका हुन । जिल्लाबाट भारत पुर्याएर युवती बिक्री गर्ने समस्या पुरानै हो ।अहिल मुलुकभित्र किनवेच हुन थालेको छ । शहरका होटल तथा रेष्टुरेण्ट पुर्याएर बन्धक बनाउदै नाच्न जटिल काम गर्न र यौन क्रीयाकलापमा लगाउने गरेको समेत पाइएको छ ।
विगतमा मानव बेचबिखनमा प्रयोग हुने तरिकाहरू पनि फेरिँदै गएको केआई नेपालको अध्ययनले देखाएको छ । मानव बेचबिखन घट्नुपर्ने अबस्थामा डर लाग्दो तरिकाले बढ्दै छ । ‘४/५ वर्ष अघिसम्म महिला तथा बालबालिकाहरूलाई भारतमा रहेका आफन्तसँग भेट गराइदिने भन्दै सीमा कटाएर लैजाने गरेको भेटिन्थ्यो,’गरिबी र अशिक्षाले बेचबिखन हुने गरेको थियो। निर्देशक भट्टराईले भने, ‘तर अहिले रोजागारीको प्रलोभन दिएर लैजाने तरिका अपनाएका छन् ।’ उनले पीडित आफैं विभिन्न प्रलोभनमा परेर आउने हुँदा पहिले पहिचान गर्नै समस्या र पहिचान गरेपछि पनि रोकथाम गर्न समस्या हुने गरेको बताए । खुला सिमानाका, पीडित आफैं प्रलोभनमा पर्नेलगायतका समस्याले गर्दा उद्धार तथा रोकथाममा समस्या भइरहेको भट्टराईले उल्लेख गरे । अर्केस्ट्रा र नेट्वर्क ब्यापारका नाममा महिला तथा बालबालिकाको वेचबिखन तथा ओसारपसार हुने गरेको नयाँ आयाम देखिएको पाईएको छ । कतिपय दलाल र महिलाहरु फोन र फेसबुकबाटै चिनजान भएर नजिकिएको पाइएको छ । झुठो बिबाह र प्रेमको नाटक गर्दा चेलिहरु फस्ने गरेका छन। पारिवारिकबिखण्डन,बालबिबाह,बैदेशिक रोजगार पनि बेचबिखनको कारक बनेको केआई नेपालको दावी छ ।
यस्मा संलग्नले नयाँ शैली अपनाउदै ग्रामिण क्षेत्रबाट महिलालाई सिमा कटाईरहेका छन। नाकामा हुने युवती उद्धार र बिचौलिया पक्राउको यो तथ्याकँले चेली बिक्री नरोकिएको पुष्ठी गर्छ । कपिलवस्तुको कृष्णनगर चेलीलाई विभिन्न शहर पुर्याउन सजिलो नाका बनेको सामाजिक अभियन्ताहरु बताउछन । भारत हुदै तेस्रो मुलुक लैजान पनि यहि नाका प्रयोग भैरहेको छ । त्यहाबाट डिल्ली,मुम्बई,पंजाव र मध्यप्रदेशसम्म सीधै बस सेवा रहेकाले पनि दलालहरुलाई सजिलो हुने गरेको छ ।कोलकत्ता सम्म रेलसेवा छ । राजधानी डिल्लीसम्म मुलुकबाट बससेवा भएकाले उनिहरु आकर्षित भएका हुन । नेपाली चेली भारत तथा भारतको बाटो हुँदै तेस्रो मुलुकमा बेचिने क्रम बढेको केआई नेपाल बताउछ । प्युठानमा चेलिबेटी ओसारपसार तथा बेचबिखन बिरुद्ध सुरक्षानिकाय बिभिन्न सरकारी तथा गैह्रसरकारी संस्थाले अभियानकै रुपमा कार्यक्रमहरु गरिरहेका छन। महिला तथा बालवालिकाहरु वेचिन सक्ने संभावनालाई ख्याल गर्दै जिल्लाबाट बाहिरिने यातायातका साधनहरुमा निगरानी बढाएर कारवाही थालिएको प्युठान प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले बताए । उनका अनुसार एकबर्ष यता मानव वेचविखन तथा ओसारपसार बिरुद्धका ४ ओटा मुद्धा दर्ता भएका छन ।२ मुद्धा आरोपी फरार छन । बेचबिखन गर्न लैजान लागिएको आशंकामा ८ जना महिला तथा बालवालिकालाई उद्धार गरि अभिभावकको जिम्मा लगाइएको छ ।।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!