०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

SP राना र inspector खड्काको सक्रियतामा अबैध रागाँ र सुर्तीजन्य पक्राउ

Logo
प्रकाशित शुक्रबार, पुष ०३, २०७७


(महेन्द्र सिंह)
बाँके । नेपालगन्जमा पछिल्लो समय अबैधरुपमा भन्सार छली सामान ओसारपसार गरिरहेको नागरिकबाट जनगुनासो आए पछी जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगन्ज सक्रिय भएको छ । तस्करी हुने नाकाहरुमा प्रहरीका विभिन्न युनिट तस्कर पक्राउ गर्न गस्ती गरिरहेको छ । बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर राना सक्रियरुपमा तस्करी रोक्न सहकार्यका साथ अगाडी बढेका छन् । बाँके एसपी रानाले आफ्ना सबै युनिटलाई कुनैपनि हालतमा तस्करी रोक्नुपर्ने भन्दै कडा निर्देशन दिएका छन् । उनी आफै पनि गस्ती गरिरहेका देख्न सकिन्छ ।

एसपी रानालाई ईन्फरमेसन आउने वित्तिकै आफै कुद्ने गरेको दिन र रातको मतलब छैन । बाँकेमा शान्ति, सुशासन कायम गर्नुछ ।’ एसपी रानाले भने । बाँके जिल्लामा तस्करी, घुस, कमिशन रोक्नका लागि कडा निर्देशन समेत दिएकाछन् । ‘म काम गर्न आएको हुँ, मलाई काम गरेर देखाउनुछ । जनतालाई अनुभूति दिलाउनुछ ।‘म अहोरात्र लागिरहेको छु, केही सूचना आए मलाई दिनुस्, म एक्सन लिनेछु ।’ बाँके प्रहरीले तस्करी रोक्न सक्रियता बढाएपछि भन्सार छलेर तस्करी गरेर ल्याएका मालसामानहरु दिनहुँ जसो पक्राउ गरिरहेकोछ । बङ्गुर, , कपडा, सुर्ती लगायतका भन्सार छलिका मालसामानहरु धमाधम पक्राउ गरिरहेको बाँके प्रहरी प्रमुख एसपी रानाले जानकारी दिनुभएको छ । यता वडा प्रहरी कार्यालय नेपालगन्जले भन्सार छली अबैधरुपमा लाखौं मूल्यको रागाँ र सूर्तीजन्य पदार्थ नेपालगन्जबाट नियन्त्रणमा लिएको छ । वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको कमान्डमा खटेको गस्ती प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ पुरैनाको विर्ता गाउँनजिक रहेको एसके ईट्टा भट्टा नजिकबाट ६ वटा रागाँ र नेपालगन्जको औधोगिक क्षेत्र नजिकबाट ३ बोरा सुपरपावर सूर्ती बरामद गरेको छ । भारतको बाबागञ्जबाट नेपालगन्ज ल्याइएका अबैध ६ वटा राँगा प्रहरीले नियन्त्रणमा लिएको हो । भारतीय बजारबाट सस्तोमा खरिद गरि भन्सार छलेर उतैका तस्करले नेपाल–भारत सीमा कटाउने र नेपालका तस्करले बढी मूल्यमा रागाँ बेच्ने गर्दा तस्करी हुने गरेको प्रहरीले जनाएकोछ । अबैधरुपमा ल्याइएका रागाँ नियन्त्रणमा लिन पुगेका प्रहरीलाई देख्नसाथ तस्कर रागाँ छाडेर भागेको प्रहरीले जनाएको छ । बरामद गरिएका राँगा थप कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ । यस्तै वडा प्रहरी कार्यालयबाट खटेको गस्ती प्रहरीको टोलीले शुक्रबार नै नेपालगन्जको औधोगिक क्षेत्रबाट ठूलो मात्रामा अबैध सूर्ती बरामद गरेकोछ । भन्सार छलेर सुर्खेत लैजान लागिएको अबैध ३ बोरा सुपरपावर सुर्ती बरामद गरेको छ । आटो रिक्सामा राखेर ल्याइएको उक्त अबैध सूर्ती बरामद गरि आवश्यक कारबाहीका लागि आज नै नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी […]

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]