२७ आश्विन २०८१, आइतबार
13-10-2024 , Sun
×

गुडिरहेको बसमा किन भयो आगलागी ? यस्तो छ कारण

Logo
प्रकाशित शनिबार, जेठ १२, २०७५

सागर थापा, महेन्द्र सिंह,नेपालगन्ज

पूर्वपश्चिम राजमार्गको बर्दिया बाँसगढी सडक खण्डमा काठमाण्डौबाट डडेल्धुरा जादै गरेको एक यात्रुबाहक बसमा आज बिहानै अचानक आगो लागेको छ ।

बाँसगढी नगरपालिका वडा नं.३ उत्तरभकारीमा उग्रतारा ट्राभल्सको बा ४ ख ८४९२ यात्रुबाहक बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा दायाँ पट्टिको चक्का घिसारिएर आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ ।

बसमा चालक दलका सदस्य सहित ३८ जना सवार थिए । मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ । प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएकोे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

(ABC-Sanchar) काठमाडौं । नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ । भारत सरकारले नेपालमा ३ लाख […]

  (ABC-Sanchar) दाङ । लमही नगरपालिका ५ सनलाइट चोकमा सारथी मार्ट मिनिमार्रकेट संचालनमा आएको छ। दशैंको शुभ अवसर चाहलपहल पारेर एक औपचारिक कार्यक्रमबीच मार्टको उद्घाटन गरिएको छ । कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथिहरुले पानसमा बत्ति बालेर र रिबन काटेर उद्घाटन तथा शुभारम्भ गर्नुभएको हो। उद्घाटन तथा शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी देउखुरी उघोग वाणिज्य संघका अध्यक्ष कमल […]

error: Content is protected !!