२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

जाडोमा सुरक्षाकर्मीको खटाइ ज्याकेटको भरमा ड्युटी गर्छन

Logo
प्रकाशित मंगलबार, पुष ०७, २०७७

(ABC क्राईमबिट)
इलाम। सीमामा सुरक्षार्थ प्रहरीलाई पर्याप्त सुविधा नहुँदा उच्च पहाडी र हिमाली क्षेत्रका सुरक्षाकर्मीलाई समस्या हुने गरेको छ । विशेषगरी बोर्डर आउट पोष्ट(बीओपी)मा खटिने सशस्त्र प्रहरीलाई चिसोको समस्याले सताउन थालेको छ । हिमाली क्षेत्रमा खट्नुपर्ने तर पर्याप्त सुविधा नहुँदा कठ्याङ्ग्रिदो जाडोमा ज्याकेट मात्र लगाएर काम गर्नुपर्ने बाध्यता छ ।

यसरी खटेका सुरक्षाकर्मीलाई सरकारले अतिरिक्त सुविधा (ज्याला) छुट्याएको छैन भने रासनसमेत बढाएको छैन । जिल्लामा आएकै रासन मिलाएर सीमामा खटेका सुरक्षाकर्मीलाई पठाउनुपर्ने बाध्यता छ । “हामीसँग पर्याप्त सुविधा छैन, राज्यको सुविधा नै सीमित भएकाले कम सुविधामै काम गर्नुपरेको छ”, सशस्त्र प्रहरी कार्यालय इलामका प्रमुख सुधीरजङ्ग थापाले भन्नुभयो, “जति छ त्यतिमै चित्त बुझाएर सुरक्षामा खटेका छौँ ।”

जिल्लाको जौबारी र सन्दकपुरमा सुरक्षाका लागि बीओपी स्थापना भएको छ । यी दुईस्थान तीन हजार मिटरभन्दा बढी उचाइका छन् । यी क्षेत्रमा वर्षमा पाँच महिना हिउँ पर्छ तर सुविधा नबढाउँदा समस्यासँग जुझ्दै सुरक्षामा खटिनुपरेको छ । आवास र सुविधा बढाउन जिल्ला सुरक्षा समितिको बैठकमा जानकारी पनि गराइन्छ तर सुनुवाइ नहुँदा जत्तिको तत्तिमै चित्त बुझाएर सुरक्षामा खटिनुपरेको छ ।

इलामको पशुपतिनगरसहित सलकपुर, समालवुङ, छब्बीसे, कालपोखरी र जौबारीमा बीओपी स्थापना गरिएको छ । पशुपतिनगरमा बाहेक सबै स्थानमा यसै वर्ष बिओपी स्थापना गरिएको हो । प्रत्येक बीओपीमा २०÷२० जनाको दरमा सशस्त्र प्रहरी खटाइएको छ । “अरू सुविधा नभए पनि हिउँबाट जोगिनका लागि स्लिपिङ ज्याकेट मात्रै भए पनि ड्युटी गर्न केही सजिलो हुन्थ्यो”, प्रमुख थापाले भन्नुभयो, “मोटरसाइकलमा ओहोरदोहोर गर्नुपर्छ । गाडीको सुविधा भए जाडोमा कतै जानसमेत सहज हुन्थ्यो ।”

सशस्त्र प्रहरीको मात्र होइन सीमामा खट्ने नेपाल प्रहरीको हविगत पनि उस्तै छ । सीमाभन्दा केही तलको भूभागमा राखिएका प्रहरी कार्यालयमा पनि लत्ताकपडाकै समस्या छ । जिल्लामा खटिएकै जतिमात्र लत्ताकपडा र रासन आउँछ र त्यही बाँड्नु पर्ने बाध्यता छ । “माग गरे जति दरबन्दी आएको छैन । भएकै जवान खटिनुपर्छ”, जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख नवीन राईले भन्नुभयो, “यसले गर्दा एकै जना व्यक्ति ड्युटीका लागि धेरैतिर पुग्नुपर्छ ।”

राईका अनुसार जिल्लाका लेकाली क्षेत्र कालपोखरी, जौबारी, साकफारा र चिसापानी जस्ता विकट र लेकाली क्षेत्रमा रहेका प्रहरी कार्यालयमा ड्युटी गर्न अत्यन्तै कष्टकर छ । सीमामा प्रहरी पुग्दा नागरिकले सुरक्षा महसुस त गरेका छन् तर पूर्वाधार र स्रोतसाधन नहुँदा समस्या भएको हो । सीमामा सुरक्षाकर्मी खटाएपछि आपराधिक गतिविधि र भारतीय सीमा प्रहरीको नेपालतर्फ हैकमसमेत कम भएको छ तर नेपाली सुरक्षाकर्मीको आफ्नै समस्याले गर्दा पर्याप्त सुरक्षा दिन सकिएको छैन ।

यता जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले स्थापना भएका सीमा सुरक्षा पोष्टलाई थप व्यवस्थापनको काम अघि बढाउन माथिल्लो निकायसँग आग्रह गरिएको बताउनुभएको छ । सीमा रक्षा, संवेदनशील क्षेत्रको संरक्षण, चोरी निकासी र तस्करी नियन्त्रणको काममा सुरक्षा पोष्टका सुरक्षाकर्मी खटिने भएकाले थप व्यवस्थित बनाउन निर्माणको काम पनि थालिएको बरालले जानकारी दिनुभयो । यस्तै प्रदेश नं १ का आर्थिक मामिला तथा आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीले पनि सुरक्षामा खटिएका प्रहरीलाई सुविधामा वञ्चित हुन नदिने बताए पनि कार्यान्वयन हुन सकेको छैन ।

नेपाल–भारत सीमा क्षेत्रको इलामले छोएको साढे ५२ किलोमिटर सिमानामा सात वटा सशस्त्र प्रहरीको बीओपी स्थापना भएका छन् । इलामले छोएको दशगजा र आसपासमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का २६ बीओपी र एउटा प्रहरी चेकपोस्ट छ । सीमा क्षेत्र सुरक्षाकै लागि भारतपट्टि दुई÷दुई किलोमिटरमा बीओपी रहेका छन् । भारतको तुलनामा नेपालतर्फको सुरक्षा कमजोर छ तर पछिल्लो समय सरकारले बढाएको सुरक्षाले सीमावर्ती नागरिकले धेरै सुरक्षा महसुस गरेका छन् । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!