०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

विदेश गएका पुरुषहरु श्रीमतीले धोका दिएपछि प्रहरीमा धाउदै

Logo
प्रकाशित बुधबार, पुष ०८, २०७७

 

(ABC Sanchar)
तनहुँ। आफ्नो परिवारलाई सुखमा पाल्छु भनेर धन कमाउन विदेश गएका पुरुषहरु श्रीमतीले धोका दिएपछि प्रहरीमा धाउन थालेका छन् । तीन वर्षको अवधिमा एकसय १७ जना पुरुषहरु श्रीमतीबाट पीडित भएको उजुरी परेको प्रहरीले जनाएको छ ।
श्रीमती धन सम्पति लिएर हराएको भन्दै खोजी गर्नका लागि प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा पीडित पुरुषहरुले धाउन थालेको छन् । आर्थिक वर्ष ०७६/०७७ मा २२ जनाले श्रीमतीले धन नोक्सान गरी पर पुरुषसँग लागेर हराएकाले खोजी गरी पाउँ भन्दै आएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी निमित्त प्रमुख सुजता कार्कीले जानकारी दिनुभयो ।
श्रीमतीबाट पीडा पाउने पुरुषहरु धेरै विदेशबाट रोजगारी गरी फर्किएका छन् । ‘विदेशबाट फर्किंदा घरमा श्रीमती पनि नभएको र सम्पत्ति पनि नभएको भन्दै खोजी गर्न श्रीमतीबाट पीडित हुने श्रीमानहरू आउने क्रम बढेको छ’ निमित्त प्रमुख कार्कीले भन्नुभयो ।
आर्थिक वर्ष ०७५/०७६ मा ४० र आर्थिक वर्ष ०७४/०७५ मा ५५ जना श्रीमतीबाट पीडित भएकाे भन्दै उजुरी दिन अाएकाे कार्कीले जानकारी दिनुभयो । प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा धाएका हुन्। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!