३० बैशाख २०८३, बुधबार
13-05-2026 , Wed
×

विदेश गएका पुरुषहरु श्रीमतीले धोका दिएपछि प्रहरीमा धाउदै

Logo
प्रकाशित बुधबार, पुष ०८, २०७७

 

(ABC Sanchar)
तनहुँ। आफ्नो परिवारलाई सुखमा पाल्छु भनेर धन कमाउन विदेश गएका पुरुषहरु श्रीमतीले धोका दिएपछि प्रहरीमा धाउन थालेका छन् । तीन वर्षको अवधिमा एकसय १७ जना पुरुषहरु श्रीमतीबाट पीडित भएको उजुरी परेको प्रहरीले जनाएको छ ।
श्रीमती धन सम्पति लिएर हराएको भन्दै खोजी गर्नका लागि प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा पीडित पुरुषहरुले धाउन थालेको छन् । आर्थिक वर्ष ०७६/०७७ मा २२ जनाले श्रीमतीले धन नोक्सान गरी पर पुरुषसँग लागेर हराएकाले खोजी गरी पाउँ भन्दै आएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी निमित्त प्रमुख सुजता कार्कीले जानकारी दिनुभयो ।
श्रीमतीबाट पीडा पाउने पुरुषहरु धेरै विदेशबाट रोजगारी गरी फर्किएका छन् । ‘विदेशबाट फर्किंदा घरमा श्रीमती पनि नभएको र सम्पत्ति पनि नभएको भन्दै खोजी गर्न श्रीमतीबाट पीडित हुने श्रीमानहरू आउने क्रम बढेको छ’ निमित्त प्रमुख कार्कीले भन्नुभयो ।
आर्थिक वर्ष ०७५/०७६ मा ४० र आर्थिक वर्ष ०७४/०७५ मा ५५ जना श्रीमतीबाट पीडित भएकाे भन्दै उजुरी दिन अाएकाे कार्कीले जानकारी दिनुभयो । प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा धाएका हुन्। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगन्जको संयुक्त अपरेशनमा बर्दिया जिल्ला गुलरिया नगरपालिका-७ स्थित बाबा पेट्रोल पम्प नजिकबाट *अन्दाजी २८० ग्राम खैरो हिरोइन* बरामद भएको हो। *पक्राउ परेका व्यक्ति:* 1. *तेजेन्द्र कुमार*, वर्ष ३५ 2. *विजय सिंह*, वर्ष २६ *कसरी समातिए:* विशेष सूचनाको आधारमा खटिएको […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा ट्राफिक प्रहरी कर्मचारीहरूका लागि *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमको उद्देश्य:* ‘प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण’ गर्ने मुख्य लक्ष्यसहित जिल्ला ट्राफिक कार्यालय तथा मातहतका पोष्टमा कार्यरत ट्राफिक प्रहरीलाई यो तालिम दिइएको हो। *के सिकाइयो:* 1. *रक्षात्मक ड्राइभिङ*: अरूको गल्तीबाट आफूलाई कसरी जोगाउने, जोखिम पूर्वानुमान गर्ने […]

बाँके । नेपाल-भारत मुख्य नाका जमुनाहमा केही दिनअघि चेकजाँचका क्रममा सशस्त्र प्रहरीका पुरुष जवान र स्थानीय महिलाबीच हातपात भएपछि सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नाकामा *महिला सशस्त्र प्रहरी* खटाएको छ। *के भएको थियो:* 1. *घटनाको पृष्ठभूमि*: जमुनाह नाकाबाट दैनिक घरायसी सामान लिएर ओहोरदोहोर गर्ने महिलाहरूको संख्या ठूलो छ। पुरुष सुरक्षाकर्मीले महिलाको झोला/शरीर जाँच […]

error: Content is protected !!