२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

भारतमा आफ्नै कार्गो रेल सञ्चालन गर्न पाउने नेपालले

Logo
प्रकाशित बुधबार, पुष ०८, २०७७

 

(ABC Sanchar)
काठमाडौँ । भारतमा नेपालले आफ्नै कार्गो रेल सञ्चालन गर्न पाउने भएको छ । यसका साथै भारतले आफ्ना निजी ट्रेन अपरेटरहरूलाई नेपाली कार्गो बोक्ने अनुमाती समेत प्रदान गरेको छ । अहिले सम्म यस्तो अनुमति भारतीय कन्टेनर निगम लिमिटेडलाई मात्र प्राप्त थियो ।

यी रेलहरू दुई प्रमुख बन्दरगाह कलकत्ता र बिसाखापटनम देखि नेपाली पोर्ट सम्म सञ्चालन हुनेछन् ।
नेपाली व्यवसायीहरूले लामो समयदेखि माग गर्दै आएका यी दुई विषयहरू सम्बोधन गरिएपछि रेल प्रणालीको विकासमा यसलाई ठुलो अवसरको रूपमा लिइएको छ। नेपाली रेल कम्पनीलाई भारतमा सेवा सञ्चालन गर्न दिनुले नेपाली रेल प्रणालीको विकासका साथै ठुलो व्यावसायिक अवसर प्राप्त हुने भएको छ।

नेपाली विदेश सचिव र वाणिज्य सचिवले आफ्ना भारतीय समकक्षीहरूसँग हालैको बैठकमा प्रमुखताका साथ यो माग राखेका थिए ।

नेपालका व्यवसायीहरूले लामो समयदेखि भारतसँग माग गर्दै आएको निजी कार्गो सेवाको प्रयोगले नेपाललाई कम लागतमा भरपर्दो र छिटो कार्गो आवागमन प्राप्त हुनेछ। लगभग सम्पूर्ण नेपाली कार्गो भनेको औद्योगिक कच्चा माल नै हो त्यसैले यो सहमतिले नेपालको व्यवसायीक क्षेत्रमा ठूलो राहत प्रदान गर्ने निश्चित छ।

नेपालको रेल प्रणालीलाई सहज बनाउने र कार्गो आवागमनको बिकास गर्ने कार्यका साथै अन्तर्देशीय जलमार्गमा समेत नेपाललाई जोड्ने सन्दर्भमा भारतीय सक्रियता बढेको छ। दुवै देशहरू बीच ट्रान्जिट सन्धि माथिको छलफलमा बल्क कार्गो आवागमनको क्षेत्रमा केही ठूला पहलहरु हुनुका साथै अन्तर्देशीय जलमार्गका सन्दर्भमा समेत विविध मोडलहरूले पनि अन्तिम रूप लिएको बताइएको छ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]