१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

नयाँ ८ मन्त्री र १ राज्यमन्त्री थप

Logo
प्रकाशित शुक्रबार, पुष १०, २०७७


(ABC Sanchar)
काठमाडौं, पुस १० । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले केही मन्त्रीहरुको मन्त्रालय फेरबदल पनि गरेका छन् । शुक्रवार ८ जना मन्त्री र एक जना राज्य मन्त्री गरि ९ जना नयाँ मन्त्री ओलीले आफ्नो मन्त्री मण्डलमा थपेका हुन । नवनियुक्त मन्त्रीहरूले शितलनिवासमा शुक्रवार बेलुका नै राष्ट्रपतिबाट शपथ लिएका छन ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका असन्तुष्ट समूह पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षका ७ मन्त्रीहरुले सामुहिक राजीनामा दिएका थिए। त्यसपछि रिक्त रहेको मन्त्रालयहरुमा प्रधानमन्त्री ओलीले नयाँ मन्त्री नियुक्त गरेका हुन ।

कस्ले कुन मन्त्रालय पाए ?
१) टोपबहादुर रायमाझी –उर्जा मन्त्री
२) मणि थापा–खानेपानी मन्त्री
३) प्रभु साह–शहरी विकास मन्त्री
४) प्रेम आले–वन मन्त्री
५) गणेश ठगुन्ना–सामान्य प्रशासन मन्त्री
६) गौरी शंकर चौधरी–श्रम मन्त्री
७) दावा लामा–युवा तथा खेलकुद मन्त्री
८) जुली कुमारी महतो–महिला बालबालिका मन्त्री
९) विमला विश्वकर्मा–उद्योग राज्यमन्त्री

यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन ।

त्यस्तै यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन । भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन । त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्रीको जिम्मेवारी पाएका छन् ।

शुक्रवारदेखि युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई मन्त्रीको जिम्मेवारीबाट मुक्त गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]

(एबिसि संचार ) सिराहामा छोराको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छन् । सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भई हाल लहान नगरपालिका–१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत मंगलबारदेखि नै उनले ५ वर्षीय आफ्ना छोरा आयुशलाई नभेटेको छिमेकीहरुलाई बताएकी थिइन् । छिमेकीले खोजी गर्दासमेत बालक भेटिएका थिएनन् । त्यसपछि […]

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]