३१ साउन २०८२, शनिबार
16-08-2025 , Sat
×

तस्करी गर्न लागिएका १० लाख मूल्य बराबरका मूर्ति पक्राउ

Logo
प्रकाशित आइतबार, पुष १२, २०७७

 

ABC (क्राईमबिट)
मेचीनगर । नेपालबाट भारततर्फ अवैध रुपमा लैजाँदै गरिएका अवस्थामा झापा प्रहरीले करीब रु १० लाख मूल्य बराबरको मूर्ति बरामद गरेको छ ।

तस्करले लुकीछिपी झापाको मेचीनगर नगरपालिका–६ स्थित नकलबन्दाको नाका प्रयोग गरेर भारततर्फ लैजाँदै गर्दा चाँदी र तामाका मूर्ति, भाडाकुँडा र दियो बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले मूर्तिका अनुहार कागजले छोपेर प्लाष्टिकमा लाहाको प्रयोग गरी पोको पारेर भारततर्फ लैजाँदै गर्दा बरामद गरिएको बताए ।

बरामद गरिएका सबै सामग्री आजै भन्सार कार्यालय बुझाइने छ । डीएसपी पोखरेलका अनुसार बरामद भएका मूर्ति पुरातात्विक महत्वका नभए पनि लुकिछिपी अवैध रुपमा भारततर्फ लैजान लागेको हुँदा नियन्त्रणमा लिइएको हो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लामिछानेका समर्थक त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल अगाडि जम्मा भएर बसेका थिए। तर, आयल निगमबाट निकालिएर नख्खु लगिएको हो। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले दिएको निवेदनको आधारमा हिजो कारागार विभागले सरुवा गर्ने निर्णय गरेको थियो । भैरहवाबाट लामिछानेलाई बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइएको थियो। लामिछानेलाई स्वागत गर्नको लागि विमानस्थलमा पत्नी निकितासहित समर्थकहरू […]

  काठमाडौं । उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र गोकर्णेश्वर नगरपालिका विच समझदारी पत्र आदान प्रदान र प्रहरी भवन समुद्‍घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न । माननीय वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको प्रमुख आतिथ्यता तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको आतिथ्यतामा राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामति […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने भैरहवाबाट काठमाडौं उडेका छन् । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार लगिंदैछ । उनलाई ल्याउने ललितपुरको नख्खु कारागार समर्थकहरू जम्मा हुन थालेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा  पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनलाई कारागार […]

error: Content is protected !!