२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्यूठानमा यसरी मनाईयो ११ औं गणतन्त्र दिवस

Logo
प्रकाशित मंगलबार, जेठ १५, २०७५

पर्यटन प्रबद्धन गर्न पदयात्रा
कमल वि.क. ।
जेठ १५, २०७५ प्यूठान । प्यूठानमा विविध कार्यक्रम गरी ११ औं गणतन्त्र स्थापना दिवस मनाईएको छ । जिल्ला सदरमुकाम खलगाँ देखि पर्यटकियस्थल मल्लारानी सम्म पदयात्रा गरि गणतन्त्र दिवस मनाईएको हो । सुनौलो विहान, चिनौं मल्लरानी भन्ने नारा सहित पर्यटकीय स्थल मल्लरानीको प्रर्वधन तथा रक्त सञ्चार केन्द्र प्यूठानको सहयोगार्थ पदयात्रा गरिएको मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले बताउनुभयो ।
जिल्ला समन्वय समिति प्यूठाका प्रमुख केशवराज आचार्यको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरे रहनुभएको थियो ।
यात्रामा पहिलो हुने पुरुष र महिलालाई मेडल तथा प्रमाण पत्रले सम्मान गरिएको छ । पुरुष तर्फ प्रथम राजेश श्रेष्ठ, द्धितिय सुदिप राई र तृतीय अन्जन श्रेष्ठ हुनुभएको छ । त्यस्तै महिला तर्फ प्रथम वृन्दा गुरुङ, द्धितिय मिना के.सी र तृतीय सुस्मिता के.सी. हुनुभएको छ ।
पैदल यात्रामा जिल्लाका प्रमुख, स्थानीय निकायका पदाधिकारी, राजनैतिक दलक प्रतिनिधि, समाजसेवी, विद्यार्थी, पत्रकार लगायत विभिन्न तहतप्काका व्यक्तित्वको सहभागीता रहेको थियो ।
जिल्ला समन्वय समिति प्यूठान, जिल्ला प्रशासन कार्यालय प्यूठानको संयोजन तथा मल्लरानी गाउँपालिका खलंगा प्यूठानको आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । सदरमुकाम खलंगा टुंडिखेलबाट स्थानीय झाँकी सहित सुरु भएको मल्लरानी पैदल यात्रा मल्लरानी पुगेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!