३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

प्यूठानमा यसरी मनाईयो ११ औं गणतन्त्र दिवस

Logo
प्रकाशित मंगलबार, जेठ १५, २०७५

पर्यटन प्रबद्धन गर्न पदयात्रा
कमल वि.क. ।
जेठ १५, २०७५ प्यूठान । प्यूठानमा विविध कार्यक्रम गरी ११ औं गणतन्त्र स्थापना दिवस मनाईएको छ । जिल्ला सदरमुकाम खलगाँ देखि पर्यटकियस्थल मल्लारानी सम्म पदयात्रा गरि गणतन्त्र दिवस मनाईएको हो । सुनौलो विहान, चिनौं मल्लरानी भन्ने नारा सहित पर्यटकीय स्थल मल्लरानीको प्रर्वधन तथा रक्त सञ्चार केन्द्र प्यूठानको सहयोगार्थ पदयात्रा गरिएको मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले बताउनुभयो ।
जिल्ला समन्वय समिति प्यूठाका प्रमुख केशवराज आचार्यको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरे रहनुभएको थियो ।
यात्रामा पहिलो हुने पुरुष र महिलालाई मेडल तथा प्रमाण पत्रले सम्मान गरिएको छ । पुरुष तर्फ प्रथम राजेश श्रेष्ठ, द्धितिय सुदिप राई र तृतीय अन्जन श्रेष्ठ हुनुभएको छ । त्यस्तै महिला तर्फ प्रथम वृन्दा गुरुङ, द्धितिय मिना के.सी र तृतीय सुस्मिता के.सी. हुनुभएको छ ।
पैदल यात्रामा जिल्लाका प्रमुख, स्थानीय निकायका पदाधिकारी, राजनैतिक दलक प्रतिनिधि, समाजसेवी, विद्यार्थी, पत्रकार लगायत विभिन्न तहतप्काका व्यक्तित्वको सहभागीता रहेको थियो ।
जिल्ला समन्वय समिति प्यूठान, जिल्ला प्रशासन कार्यालय प्यूठानको संयोजन तथा मल्लरानी गाउँपालिका खलंगा प्यूठानको आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । सदरमुकाम खलंगा टुंडिखेलबाट स्थानीय झाँकी सहित सुरु भएको मल्लरानी पैदल यात्रा मल्लरानी पुगेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!