२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङमा अवैध सालको काठ सहित दुईजना पक्राउ

Logo
प्रकाशित सोमबार, पुष २०, २०७७

 

ABC (क्राईमबिट)
दाङ । डिभिजन वन कार्यालय दाङले ३१ थान अवैध सालको काठ सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ गर्नेहरूमा राप्ती गाउँपालिका वडा नं. ९ निवासी २२ वर्षीय जफर मिँया र सोहि ठाउँ निवासी १९ वर्षीय मोहम्मद सरोज मिया रहेका छन् ।

आइतवार विहान करिब ९ बजे राप्ती गाउँपालिका वडा नं. ९ देविकोटबाट रा १ त २३५१ नम्बरको टेक्टरबाट बजारमा तर्फ ल्याउदै गरेको )९३१.४९ क्युफिट) ३१ थान अवैध सालको काठ सहित दुईजना पक्राउ गरेको डिभिजन वन कार्यालय दाङ देउखुरीका सुचना अधिकारी प्रेमिलाल प्रसादले साहले जानकारी दिए ।

उनीहरुलाई वन कार्यालयको हिरासतमा राखि थप अनुसन्धान भइरहेको सुचना अधिकारी साहले बताए । काठ र टेक्टर वन कार्यालयको हिरासतमै रहेको वन कार्यालयले जनाएको छ । काठसंगै बेल्चा तीन थान, सावेल एक थान, त्रिपाल एक थान र धानको बोरा पाँच थान वन कार्यालयले फेला पारेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।