१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

दाङमा अवैध सालको काठ सहित दुईजना पक्राउ

Logo
प्रकाशित सोमबार, पुष २०, २०७७

 

ABC (क्राईमबिट)
दाङ । डिभिजन वन कार्यालय दाङले ३१ थान अवैध सालको काठ सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ गर्नेहरूमा राप्ती गाउँपालिका वडा नं. ९ निवासी २२ वर्षीय जफर मिँया र सोहि ठाउँ निवासी १९ वर्षीय मोहम्मद सरोज मिया रहेका छन् ।

आइतवार विहान करिब ९ बजे राप्ती गाउँपालिका वडा नं. ९ देविकोटबाट रा १ त २३५१ नम्बरको टेक्टरबाट बजारमा तर्फ ल्याउदै गरेको )९३१.४९ क्युफिट) ३१ थान अवैध सालको काठ सहित दुईजना पक्राउ गरेको डिभिजन वन कार्यालय दाङ देउखुरीका सुचना अधिकारी प्रेमिलाल प्रसादले साहले जानकारी दिए ।

उनीहरुलाई वन कार्यालयको हिरासतमा राखि थप अनुसन्धान भइरहेको सुचना अधिकारी साहले बताए । काठ र टेक्टर वन कार्यालयको हिरासतमै रहेको वन कार्यालयले जनाएको छ । काठसंगै बेल्चा तीन थान, सावेल एक थान, त्रिपाल एक थान र धानको बोरा पाँच थान वन कार्यालयले फेला पारेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता […]