२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँके जिल्लामा प्रहरी हाइ अलर्ट चनाखो हुन एसपी रानाको निर्देशन

Logo
प्रकाशित बुधबार, पुष २२, २०७७

(सागर थापा /महेन्द्र सिंह)
बाँके । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा विघटन गरे संगै अहिले बाँके जिल्लामा सुरक्षा ब्यबस्थापन ठाँउ ठाँउमा बाक्लो पारिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले अवस्था भडकिन सक्ने र आन्दोलन चर्किन सक्ने भन्दै बाँके जिल्लाभर प्रहरी प्रमुखहरुलाई सचेत र चनाखो रहन निर्देशन दिएका छन् ।
संसद विघटनको प्रस्तावप्रति जनमानसमा आक्रोश फैंलिदै गएपछि सुरक्षा फौजलाई आवश्यक्ता अनुसारका सामाग्रीहरु तयारी अवस्थामा राख्न निर्देशन गरेका छन । नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवादलाई लक्षित गरि बाँकेमा थप प्रहरीहरु परिचालन गरिएको छ । बाँके प्रहरी प्रमुख एसपी रानाका अनुसार अहिले विशेष गरि नेकपाको पार्टी कार्यालयका लागि समेत देशभर विवाद भइरकेको अबस्थामा बाँके जिल्लामा पनि दुई पाटीको विवाद हुन सक्ने भन्दै थप प्रहरी मुख्य बजार गाउँ चोकमा परिचालन गरिएको छ । साथै बाँके जिल्लाभरमा पार्टी कार्यालय आसपासमा बढि प्रहरीले निगरानी गरेको बाँके प्रहरी प्रमुख एसपी रानाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]