०८ भाद्र २०८२, आइतबार
24-08-2025 , Sun
×

३ वटा प्रदेशमा आज हल्का वर्षा हुने जल तथा मौसम विभाग

Logo
प्रकाशित शनिबार, माघ ०३, २०७७

(ABC Sanchar)
काठमाडौं । नेपालमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश १ का पहाडी भू-भागमा सामान्य बदली रहेको छ भने बाकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । देशका तराईका भू-भागमा बाक्लो हुस्सु-कुहिरो लागेको छ ।

विभागले प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको जनाएको छ

विभागका अनुशार शनिवार दिउँसो प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रहने छ भने प्रदेश २ , बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ र बाँकि प्रदेशमा सामान्यतया सफा रहने देखिन्छ। प्रदेश नं १ का एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ ।

त्यस्तै शनिवार राति प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भू-भागहरू साथै सुदुर पश्चिम प्रदेशका तराइका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । यस्तै परिवेशमा आफूलाई स्थापित गर्न सफल भएकी छन्, माधवा शर्मा पोखरेल । उनी नेपालको पश्चिम क्षेत्रमा सक्रिय महिला हुन् । ज्योतिषमा स्नातकोत्तर (आचार्य) तहको अध्ययन गरेर उनले आफ्नो निजी कार्यालयमार्फत ग्रह गणनादेखि भविष्यवाणी र मोटिभेसनल गाइडेन्स जस्ता विविध सेवा दिइरहेकी छन् । ज्योतिषशास्त्र पढाइतर्फ कसरी आकर्षित हुनुभयो ? यो विषयमा आकर्षण भयो भन्नुभन्दा […]

दाङ लगायत देशका विभिन्न जिल्लामा हाल वर्षा उच्च पहाडी क्षेत्रमा हिमपा सम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको हाे । सुदूरपश्चिम र कर्णाली प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा कालीकोटको […]

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी प्रदेश बदली रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, […]

error: Content is protected !!