१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

विजयनगरमा सार्वजनिक सुनुवाई ।।

Logo
प्रकाशित शुक्रबार, जेठ १८, २०७५

सनिउल्ला धोबी,कपिलवस्तु जेठ १८

कपिलवस्तुको विजयनगर गाउपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम समपन्न भएको छ । स्थानिय तहले जनतालाई दिने सेवा, सुबिधा र जनता प्रतिजवाफ देहि गराउने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । विजयनगर गाउपालिकाको सहयोग र नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयोजनामा सम्पन्न कार्यक्रममासहभागिहरुले शिक्षा, स्वास्थ्य, महिला अपागं,भौतिक बिकास लगायतका बिषयसंग समबन्धित प्रश्न राखेका थिए ।

विजनगर गाउपालिकमा विकाशका योजनामा अनियमिता,सेवामा समस्या गाउपालिकाका विभिन्न ठाउमा विद्युत नपुग्नु वडा अध्यक्ष तथा उपभोक्ता समितिका अध्यक्षहरुको लापरवार्ही लगाएतका विषयलाई गाउपालिकाले बेवास्ता गरेको सहभागीहरुको भनाइ रहेको थियो ।

। गाउपालिकाका अध्यक्ष गोपाल थापालले उठेका प्रश्नहरुको जवाफ दिदै गाउपालिकालाई समृद्ध बनाउने योजना रहेको वताए । काम गर्दा केहि गल्ती
कमजोरी हुने भएकोले त्यसलाई आगामी दिनमा सुधार्दै लैजाने थापाले वताए ।
गाउपालिका भित्र शिक्षा स्वास्थ्य खानेपानि कृषि लगाएत भैतिक पुर्वधारहरुलाई प्रथमिकता दिएको थापाले वताए ।गाउपालिका मा सेवा लिदा परेका समस्याहरु वारे वुझ्ने मौका पाएकोले अव सरल तरिका वाट सेवा प्रदान र जनताका कामालाई सहुलिएत रुपमा गर्ने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र प्रसाद चौधरीले वताए ।

बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाको अध्यक्षता, कार्यक्रममा पत्रकार महासंघका कोषाध्यक्ष दिपक खड्काको स्वागत मनतब्य ,सदस्य मनिस कार्कीको प्रतिबेदन बाचन र सचिव हरि अधिकारीको संचालनमा समपन्न भएको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

(ABC-Sanchar) काठमाडौं । नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ । भारत सरकारले नेपालमा ३ लाख […]

  (ABC-Sanchar) दाङ । लमही नगरपालिका ५ सनलाइट चोकमा सारथी मार्ट मिनिमार्रकेट संचालनमा आएको छ। दशैंको शुभ अवसर चाहलपहल पारेर एक औपचारिक कार्यक्रमबीच मार्टको उद्घाटन गरिएको छ । कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथिहरुले पानसमा बत्ति बालेर र रिबन काटेर उद्घाटन तथा शुभारम्भ गर्नुभएको हो। उद्घाटन तथा शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी देउखुरी उघोग वाणिज्य संघका अध्यक्ष कमल […]