प्रकशित मिति : ६ माघ २०७७, मंगलवार ०७:१८

(ABC Sanchar)
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ।
आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको हो।

प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएको आयल निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको ९३ रुपैयाँ पुगेको छ।
ग्यासमा भने साविककै मूल्य कायम गरिएको निगमले जानकारी दिएको छ।रासस


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com