२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बढुवा SSP लाई IGP थापाद्वारा दर्ज्यानी चिन्ह सुशोभन

Logo
प्रकाशित आइतबार, माघ ११, २०७७

(सागर थापा)
काठमाडौं । नेपाल सरकार मन्त्रीस्तरको २०७७ माघ ९ गतेको निर्णयअनुसार २०७७ माघ ८ गतेबाट लागू हुने गरी प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका ११ जनामध्ये १० जना वरिष्ठ प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उनिहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी वरिष्ठ उपरीक्षकहरूमा कृष्ण हरी शर्मा गोबिन्द कुमार शाह, उमाशंकर पन्जियार, अर्जुनचन्द ठकुरी, जनकराज पाण्डेय, कृष्ण कुमार महत चक्र बहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल र मोहन प्रसाद पोखरेल छन् । सोही निर्णयले पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्र प्रसाद मैनाली हाल सुडान डार्फर मिसनमा कार्यरत छन् ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई बधाई तथा सफल कार्यकालको सुभेच्छा प्रदान गर्दै पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई पूरा गर्न आगामी दिनमा अझै उत्कृष्ट काम गर्नुपर्ने बताए । नेपाल सरकारद्वारा घोषित निर्वाचनको तयारीमा रहन, सुरक्षा चुनौति व्यवस्थापन गर्न र मातहत कर्मचारीको आचरण व्यवहारमा अझै बढी सुधार ल्याउन पहल गर्न उनले निर्देशन दिए ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कानुन भन्दा बाहेकका क्रियाकलाप नियन्त्रणमा थप सक्रिय हुन र सुरक्षाको दृष्टिकोणले आउने चुनौतिको सामना गर्न जिम्मेवारीपूर्वक अत्यन्त सहिष्णु भई काम गर्नुपर्ने बताए । कोभिड-१९ का कारण उत्पन्न आर्थिक अवस्थाको कारण वित्तिय व्यवस्थापनमा मितव्ययिता अपनाउनुपर्नेमा उनले जोड दिए ।

उक्त अवसरमा पदोन्नति भएका प्रहरी अधिकृतहरुको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण कुमार महतले संगठन र नागरिक प्रतिको जिम्मेवारी र उत्तदायित्व बहन गर्दै संगठनको लक्ष्य प्राप्तिका खाँतिर सकारात्मक सोच अभिवृद्धि गर्दै अझै बढी उर्जाका साथ पारदर्शी भई काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!