२४ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

नेपालकै दोस्रो लामो पुलको उद्घाटन १२ गते प्रधानमन्त्री ओलीले गर्ने

Logo
प्रकाशित आइतबार, माघ ११, २०७७


ABC (संचार ब्युरो)
दाङ । यही माघ १२ गते सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती नदीमा बनेको पक्कि पुल उद्घाटन गर्ने र वृहत आम सभालाई सम्वोधन गर्ने कार्यक्रमको व्यापक तयारी गरिएको छ ।

जनस्तरबाट भब्य उपस्तिथी, झाँकी र स्वागतका विचमा नेपालको दोस्रो लामो पक्की पुलको उद्घाटन गरिने छ । त्यसपश्चात राप्ती गाउँपालिका–२ लालमटीयामा बृहत आमसभा आयोजना गरिने छ । आम सभामा नागरिक स्तरबाट व्यापक सहभागीता हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, खुसी नेपालीको राष्ट्रिय आकांक्ष पुरा गर्न अवलम्बन गरिएका नीति तथा कार्यक्रमको बारेमा जानकारी दिने, वर्तमान राजनीतिको बारेमा सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको लुम्बिनी प्रदेशसभा सदस्य रेवतीरमण शर्माले जानकारी दिनुभयो । पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो । यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । करिब एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो । तोकिएको समयभन्दा चार महिना अगाडि नै पुल निर्माण कार्य पूरा भएको हो ।

पुल नहुँदा सिसहनियाँ–महदेवा वारीपारी गर्न वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले डुंगा तर्नुपथ्र्यो । अब भने राप्ती नदीमा पुल निर्माण भएसँगै देउखुरीबासीलाई यात्रा गर्न सहज भएको छ । यो पुल निर्माणबाट साविकको गोबरडिहा गाविस र साविकको सिसहनियाँ क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् । यती मात्र होइन, पछिल्लो समय पुल पर्यटकीय गन्तब्यको रुपमा विकास भएको छ ।

शुक्रबार कार्यक्रमको तयारी बारे समिक्षा भएको छ । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) लुम्बिनी प्रदेशका संगठन विभाग प्रमुख भमिश्वर ढकाल, राष्ट्रिय सभा सदस्य कोमल ओली, प्रदेश सभा सदस्य रेवतीरमण शर्मा, सरस्वती गौतम, हरि रिजाल लगायतको बिशेष उपस्थितीमा समिक्षा गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुन्न जनस्तरमा व्यापक लहर छाएको र झाँकी, जुलुस सहित गाउँ गाउँबाट सर्वसाधारणहरु कार्यक्रममा आउने जानकारी दिइएको छ । विभिन्न समुदायको परम्परा झल्किने झाँकी सहित कार्यक्रममा उपस्थित हुने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । यस्तो देखेर धेरैले भन्न थालेका छन्, ‘यसपालि त मधेसकेन्द्रित दलको पत्ता साफ नै भइसक्यो ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ल्याइरहेको अप्रत्याशित मत परिणामले मधेसमै मधेसवादी दलहरू ओझेलमा परिसकेको छ । यतिबेला मधेसवादी दलले जित्न सक्ने सम्भावित सिट मध्ये सप्तरी क्षेत्र नं. ३ हो । तर त्यसमा पनि खासै सम्भावना देखिदैन । कति […]

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले परिवर्तनका लहरसामु आफूहरू सफल हुन नसकेको बताएका छन्। दाङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका पोखरेल पराजित हुने निश्चित भएसँगै परिवर्तनका लहरले आफ्नो विजयी सुनिश्चित हुन नसकेको बताएका हुन्। ‘यस पटकको निर्वाचनमा म उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मेहनत गर्नुभयो। शुभेच्छुक र आफन्तजनहरूले […]

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् ।यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ […]

error: Content is protected !!