२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपालकै दोस्रो लामो पुलको उद्घाटन १२ गते प्रधानमन्त्री ओलीले गर्ने

Logo
प्रकाशित आइतबार, माघ ११, २०७७


ABC (संचार ब्युरो)
दाङ । यही माघ १२ गते सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती नदीमा बनेको पक्कि पुल उद्घाटन गर्ने र वृहत आम सभालाई सम्वोधन गर्ने कार्यक्रमको व्यापक तयारी गरिएको छ ।

जनस्तरबाट भब्य उपस्तिथी, झाँकी र स्वागतका विचमा नेपालको दोस्रो लामो पक्की पुलको उद्घाटन गरिने छ । त्यसपश्चात राप्ती गाउँपालिका–२ लालमटीयामा बृहत आमसभा आयोजना गरिने छ । आम सभामा नागरिक स्तरबाट व्यापक सहभागीता हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, खुसी नेपालीको राष्ट्रिय आकांक्ष पुरा गर्न अवलम्बन गरिएका नीति तथा कार्यक्रमको बारेमा जानकारी दिने, वर्तमान राजनीतिको बारेमा सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको लुम्बिनी प्रदेशसभा सदस्य रेवतीरमण शर्माले जानकारी दिनुभयो । पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो । यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । करिब एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो । तोकिएको समयभन्दा चार महिना अगाडि नै पुल निर्माण कार्य पूरा भएको हो ।

पुल नहुँदा सिसहनियाँ–महदेवा वारीपारी गर्न वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले डुंगा तर्नुपथ्र्यो । अब भने राप्ती नदीमा पुल निर्माण भएसँगै देउखुरीबासीलाई यात्रा गर्न सहज भएको छ । यो पुल निर्माणबाट साविकको गोबरडिहा गाविस र साविकको सिसहनियाँ क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् । यती मात्र होइन, पछिल्लो समय पुल पर्यटकीय गन्तब्यको रुपमा विकास भएको छ ।

शुक्रबार कार्यक्रमको तयारी बारे समिक्षा भएको छ । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) लुम्बिनी प्रदेशका संगठन विभाग प्रमुख भमिश्वर ढकाल, राष्ट्रिय सभा सदस्य कोमल ओली, प्रदेश सभा सदस्य रेवतीरमण शर्मा, सरस्वती गौतम, हरि रिजाल लगायतको बिशेष उपस्थितीमा समिक्षा गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुन्न जनस्तरमा व्यापक लहर छाएको र झाँकी, जुलुस सहित गाउँ गाउँबाट सर्वसाधारणहरु कार्यक्रममा आउने जानकारी दिइएको छ । विभिन्न समुदायको परम्परा झल्किने झाँकी सहित कार्यक्रममा उपस्थित हुने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!