०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

निर्वाचन तोकिएकै मितिमा हुन्छ ढुक्क हुनुहोस प्रधानमन्त्री : ओली

Logo
प्रकाशित सोमबार, माघ १२, २०७७

 (सागर थापा) दाङ। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन तोकेकै मितिमा हुने बताएका छन् । सोमबार दाङको राप्ती गाउँपालिकामा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले निर्वाचन हुँदैनकी भनेर कोही पनि भ्रममा पर्न नहुने बताए । “कसैले भनिरहेका छन्, चुनाव तोकिएको मितिमा हुँदैन, तर त्यस्तो भ्रममा तपाइहरु नपर्नुस”, नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले, “भने ढुक्कहुनुस निर्वाचन तोकिएकै मितिमा हुन्छ ।”
उहाँले कार्यक्रतालाई प्रचार प्रसारमा लाग्न अनुरोध गर्दै निर्वाचनमा आफुहरुले सानदार सफता हात पार्ने जिकिर गरे । केही साथीले अल्मलिएर बाटो विराएको बताउदै ओलीले फर्किन समेत आग्रह गरे । “यत्रो जनताले बुझेका छन्, नेता भएर नबुझ्ने ?”, पार्टी भन्दा बाहिर रहेका कार्यक्रतालाई प्रश्न गर्दै ओलीले भन्नुभयो, “तपाईहरु आउनुस, नेता भएर कुरो नबुजेझै नगर्नुस । प्रधानमन्त्री ओलीले अर्को चुनावमा संसदमा काम लाग्ने नेतालाई जिताएर पठाउन पनि आग्रह गरे । साथै उनले देशमा विकासको गतिले तिब्रता लिइरहेको जिकिर गर्दै अर्को वर्षबाट नेपाल विकाशिल देश हुने बताए । “नेपालमा विकास तीब्र भएको छ, अर्को वर्षबाट नेपाल विकासन्मुख होइन, विकाशिल देशका रुपमा चिनिने छ”, ओलीले भने । उहाँले दाङमा बबई नदीबाट पानी सिचाई, राप्ती गाउँपालिकाबाट स्वर्गद्धारी सम्म सडक निर्माण गरिने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!