०९ जेठ २०८१, बुधबार
22-05-2024 , Wed
×

निर्वाचन तोकिएकै मितिमा हुन्छ ढुक्क हुनुहोस प्रधानमन्त्री : ओली

Logo
प्रकाशित सोमबार, माघ १२, २०७७

 (सागर थापा) दाङ। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन तोकेकै मितिमा हुने बताएका छन् । सोमबार दाङको राप्ती गाउँपालिकामा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले निर्वाचन हुँदैनकी भनेर कोही पनि भ्रममा पर्न नहुने बताए । “कसैले भनिरहेका छन्, चुनाव तोकिएको मितिमा हुँदैन, तर त्यस्तो भ्रममा तपाइहरु नपर्नुस”, नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले, “भने ढुक्कहुनुस निर्वाचन तोकिएकै मितिमा हुन्छ ।”
उहाँले कार्यक्रतालाई प्रचार प्रसारमा लाग्न अनुरोध गर्दै निर्वाचनमा आफुहरुले सानदार सफता हात पार्ने जिकिर गरे । केही साथीले अल्मलिएर बाटो विराएको बताउदै ओलीले फर्किन समेत आग्रह गरे । “यत्रो जनताले बुझेका छन्, नेता भएर नबुझ्ने ?”, पार्टी भन्दा बाहिर रहेका कार्यक्रतालाई प्रश्न गर्दै ओलीले भन्नुभयो, “तपाईहरु आउनुस, नेता भएर कुरो नबुजेझै नगर्नुस । प्रधानमन्त्री ओलीले अर्को चुनावमा संसदमा काम लाग्ने नेतालाई जिताएर पठाउन पनि आग्रह गरे । साथै उनले देशमा विकासको गतिले तिब्रता लिइरहेको जिकिर गर्दै अर्को वर्षबाट नेपाल विकाशिल देश हुने बताए । “नेपालमा विकास तीब्र भएको छ, अर्को वर्षबाट नेपाल विकासन्मुख होइन, विकाशिल देशका रुपमा चिनिने छ”, ओलीले भने । उहाँले दाङमा बबई नदीबाट पानी सिचाई, राप्ती गाउँपालिकाबाट स्वर्गद्धारी सम्म सडक निर्माण गरिने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् । जसपाबाट मन्त्री बनेका प्रदीप यादवलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री बनेकी हसिना खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् । यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् भने खानले स्वास्थ्य तथा जनसङ्ख्या […]

(एबिसि संचार )                                                                लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम […]

(एबिसि संचार ) नागरिक उन्मुक्ति पार्टीका दुई समूहबीच कुटाकुट भएको छ । रेशम चौधरी र पत्नी रञ्जिता श्रेष्ठबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्तिको अनामनगरस्थित पार्टी कार्यालयमै कुटाकुट भएको हो । बैठक बसिरहेका बेला रेशम र रञ्जिता पक्षका नेताहरुबीच हात हालाहाल भएको हो । रञ्जिता वर्तमान गठबन्धन सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने रेशम प्रतिपक्षमा […]