१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

ट्राफिक प्रहरीको विशेष अप्रेशन हराएको २४ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

Logo
प्रकाशित सोमबार, माघ १२, २०७७

 

ABC (क्राईमबिट)
काठमाण्डु । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।
महाशाखाले पीडित सहायता ईकाईबाट सादा पोसाकमा ट्राफिक प्रहरीको विशेष अप्रेशन टोली परिचालन गरी धमाधम हराएको मोटरसाइकल पक्राउ गर्न थालेको हो ।

दिनेश थापा मगर, नबिन गुरुङ, सुरज गिरी, बिशाल राई, तिर्थप्रसाद भण्डारी, भरत थापा, अजय तुलाधर, शिवराम ढकाल, मन्दिप राई, ईश्वारी लामिछाने, सर्वज्ञ खड्का, बिधान राई, शंकरप्ररसाद बाह्रकोटी, जितामित्र सुनार, छिरिङ तामाङ, नारायण प्रसाद राजथला, नुर्बुशेर्पा, ममता थापा, केशरबहादुर थापा, श्यामकुमार बि.क., धालबहादुर कार्की, थानेश्वार पोखरेल, सुनिता प्याकुरेल र बिक्रम महर्जनलाई हराएको मोटरसाईकल महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाएका हुन् ।

जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, साईरनलगायतका उपकरण जडान गर्न मोटरसाइकल चालकहरुलाई प्रमुख भट्टराईले सुझाव दिए । चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईन सेवा lost vehicle application मा लगईन गरेर निवेदन दिन सकिने व्यवस्था रहेको पनि उनले बताए ।

ट्राफिक प्रहरी टोलीले उपत्यकाका सुर्खेत, पैयूटार, फनपार्क, ईमाडोल, थापाथली, तिनकुने, पाटन, ढुङ्गेधारा, पुरानो बानेश्वतर, सामाखुसी, ठमेल, टोखा, सुकेधारा, बसुन्धारा, दधिकोटभक्तपुर, कपन, बसुन्धारा, कोटेश्वार, धुम्बाराही, विशालनगर, सामाखुसी र किर्तिपुर लगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई जिम्मा लगाएकोहो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

केही दिन यता ठगहरूले गर्ने ३ वटा सबैभन्दा धेरै प्रयोग हुने जाल तपाईंको खाता बन्द हुन्छ बैंक, इन्स्योरेन्स, NTC, Ncell को नाममा फोन लक्की ड्रमा पर्नुभयो, उपहार पठाउँछु त्यसको लागि OTP माग्ने SCREEN SHARE गरिदिनुस्” AnyDesk, TeamViewer जस्ता एप डाउनलोड गर्न लगाएर तपाईंको फोन आफैं चलाउने OTP नभन्नुस् बैंक र वालेटले कहिल्यै फोन गरेर OTP […]

बाँके । नेपालगन्ज भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा नेपालगन्ज भन्सार कार्यालयमा तोडफोड र आगजनी हुँदा ६ करोड १६ लाख ५२ हजार ८०८ रुपैयाँ बराबरको नोक्सान भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार चिफ जनार्दन पौडेलले बताएका छन । नोक्सानको विवरणमा के-के परे होलान् भवन र फर्निचर कार्यालयको संरचना,कम्प्युटर कागजात सवारी साधन भन्सार र राजस्वका […]

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ घर भई हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन् । सिद्धार्थनगर–१३ शान्तिनगर र भैरहवा बजार क्षेत्रमा पेस्तोल देखाएर सर्वसाधारणसँग १० हजार रुपैयाँ मागिरहेको […]

error: Content is protected !!