२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

चोरी मुद्दा र बहुबिहवा मुद्दाको फरार रहेको २ जना प्रतिवादी पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ १३, २०७७

(महेन्द्र सिंह)
बाँके । जिल्ला अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने अभियान अन्तरगत २०७७/७/२२ गते सम्मानित जिल्ला अदालत बाँकेबाट १ वर्ष ११ महिना ०३ दिन कैद र रु.२०,०००।- जरिवाना तोकिएको चोरी मुद्दामा फरार रहेको प्रतिवादी जिल्ला बाँके जानकी गा.पा.२ नेवाजी गाउँ बस्ने वर्ष ५१ को मातादिन कादुलाई १३ गते पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत बाँकेमा बुझाईएको छ ।

बहु विवाह मुद्दामा फरार रहेको प्रतिवादी पक्राउ।
अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने अभियान अन्तरगत मिति २०७७।०७।२० गते सम्मानित जिल्ला अदालत बाँकेबाट बहु विवाह मुद्दामा ११ महिना १२ दिन कैद सजाय तोकिएको हाल सम्म फरार रहेको प्रतिवादी जिल्ला बाँके खजुरा गा.पा.२ उदरापुर बस्ने वर्ष २१ की विना कुमारी खटिकलाई आज मिति २०७७।१०।१३ गते पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत बाँकेमा बुझाईएको बाँके एसपी ओम बहादुर रानाले जानकारी दिए।

फरार अभियुक्त पक्राउ गर्ने अभियान अन्तरगत हाल सम्म ५१२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको छन भने केहि अभियुक्त स्वयम अदालतमा हाजिर छन केहि फरार अभियुक्त भारत तर्फ भागी गएको भन्ने बुझिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर- ९ मुर्तिया बस्ने ३५ वर्षीय रामपृत महतोलाई आइतबार दिउँसो आफ्नै घरमा नाम नखुलेको किराले दाहिने खुट्टामा टोकेको थियो। टोकाइपछि गम्भीर बिरामी परेका उनलाई आफन्तले उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगेका थिए। अस्पताल पुर्‍याउनासाथ स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उनको मृत्यु भइसकेको घोषण गरेका थिए। उनलाई टोक्ने किरा विषालु सर्प हुन सक्ने अनुमान […]