१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

नेपालमा पनि अब​ टिकटक बन्द हुदै

Logo
प्रकाशित बुधबार, माघ १४, २०७७

ABC Sanchar
काठमाडौं : नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ। रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता उदांगो भइरहेको प्रहरीको ठहर छ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार कार्यालयभित्रै भिडियो बनाउने, बैंकका कर्मचारीले फाइल, पैसा र डकुमेन्टजस्ता सामग्री भिडियोमार्फत सार्वजनिक गर्ने, प्रहरी र नेपाली सेनाको बर्दीको प्रयोग गर्ने, ड्युटीमै भिडियो बनाउने, चित्त नबुझेका व्यक्तिको अश्लील भिडियो अपलोड गरिदिने प्रवृत्ति बढेको छ।ब्युरोका एसपी पशुपति रायका अनुसार साइबर अपराधमा आगो थप्ने काम टिकटकले पनि गरिरहेको छ।

एसपी रायले टिकटकबाटै गोपनीयता भंगमात्र होइन, ठगीसमेत हुन थालेपछि प्रहरीले प्रयोगकर्तामाथि निगरानी बढाएको बताए। उनले कोहीप्रति प्रतिशोध राखी वा जानाजान चारित्रिक ठेस पु¥याउनेलाई प्रहरीले कारबाही गरेको जानकारी दिए। ‘जानेर वा नजानेर प्रयोगकर्ताले यसको दुरूपयोग गरेका छन्,’ उनले भने, ‘बाटोमै पनि अ’भद्र व्य’वहार गर्ने, रेकर्डेड कुरा बाहिर ल्याउने, चरित्र ह त्या गर्ने, गो’प्य कुराको खुलासा गरिदिने,

टिकटक बनाउनकै लागि अनावश्यक उटपट्याङ गर्नेजस्ता गलत प्रयोग भएको तथ्य हामीले फेला पारेका छौं।’टिकटकबाटै हिं’सा भइरहेको भन्दै ब्युरोमा उजुरी दिन पुग्ने महिलाको संख्या पनि बढेको छ। सामाजिक सञ्जालको जन्जालमा फस्दा केही व्यक्तिलाई आर्थिक, सामाजिक र व्यक्तिगत रूपमा चोट पुग्ने गरेको छ।

सामाजिक सञ्जालबाट ठगिएकाबाट एक सातामा ५० वटाको हाराहारीमा उजुरी ब्युरोमा दर्ता हुन्छन्। उजुरीका आधारमा प्रहरीले कार’बाही प्रक्रिया अघि बढाउने तथा व्यक्तिको आइडी ब्लक गरिदिनेजस्ता उपचार गर्दै आएको छ। एसपी रायका अनुसार सरकारी कर्मचारीले समेत कार्यालयमा काम गर्दैगर्दा टिकटक बनाउने प्रवृत्ति बढेको छ। प्रयोगकर्ताले लामो भिडियो वा अडियोलाई इडिट तथा ‘कट’ गरी टिकटकमा अपलोड गर्छन्। सरकारले सामाजिक सञ्जाल टिकटक र युट्युब च्यानललाई व्यस्थित गर्न सकिने आवश्यक कानुन निर्माण नगरेका कारण प्रहरीको टाउको दुखेको छ।
नेपालमा पनि अब​ टिकटक बन्द हुदै

काठमाडौं : नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ। रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता उदांगो भइरहेको प्रहरीको ठहर छ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार कार्यालयभित्रै भिडियो बनाउने, बैंकका कर्मचारीले फाइल, पैसा र डकुमेन्टजस्ता सामग्री भिडियोमार्फत सार्वजनिक गर्ने, प्रहरी र नेपाली सेनाको बर्दीको प्रयोग गर्ने, ड्युटीमै भिडियो बनाउने, चित्त नबुझेका व्यक्तिको अश्लील भिडियो अपलोड गरिदिने प्रवृत्ति बढेको छ।ब्युरोका एसपी पशुपति रायका अनुसार साइबर अपराधमा आगो थप्ने काम टिकटकले पनि गरिरहेको छ।

एसपी रायले टिकटकबाटै गोपनीयता भंगमात्र होइन, ठगीसमेत हुन थालेपछि प्रहरीले प्रयोगकर्तामाथि निगरानी बढाएको बताए। उनले कोहीप्रति प्रतिशोध राखी वा जानाजान चारित्रिक ठेस पु¥याउनेलाई प्रहरीले कारबाही गरेको जानकारी दिए। ‘जानेर वा नजानेर प्रयोगकर्ताले यसको दुरूपयोग गरेका छन्,’ उनले भने, ‘बाटोमै पनि अ’भद्र व्य’वहार गर्ने, रेकर्डेड कुरा बाहिर ल्याउने, चरित्र ह त्या गर्ने, गो’प्य कुराको खुलासा गरिदिने,

टिकटक बनाउनकै लागि अनावश्यक उटपट्याङ गर्नेजस्ता गलत प्रयोग भएको तथ्य हामीले फेला पारेका छौं।’टिकटकबाटै हिं’सा भइरहेको भन्दै ब्युरोमा उजुरी दिन पुग्ने महिलाको संख्या पनि बढेको छ। सामाजिक सञ्जालको जन्जालमा फस्दा केही व्यक्तिलाई आर्थिक, सामाजिक र व्यक्तिगत रूपमा चोट पुग्ने गरेको छ।

सामाजिक सञ्जालबाट ठगिएकाबाट एक सातामा ५० वटाको हाराहारीमा उजुरी ब्युरोमा दर्ता हुन्छन्। उजुरीका आधारमा प्रहरीले कार’बाही प्रक्रिया अघि बढाउने तथा व्यक्तिको आइडी ब्लक गरिदिनेजस्ता उपचार गर्दै आएको छ। एसपी रायका अनुसार सरकारी कर्मचारीले समेत कार्यालयमा काम गर्दैगर्दा टिकटक बनाउने प्रवृत्ति बढेको छ। प्रयोगकर्ताले लामो भिडियो वा अडियोलाई इडिट तथा ‘कट’ गरी टिकटकमा अपलोड गर्छन्। सरकारले सामाजिक सञ्जाल टिकटक र युट्युब च्यानललाई व्यस्थित गर्न सकिने आवश्यक कानुन निर्माण नगरेका कारण प्रहरीको टाउको दुखेको छ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

माधवा शर्मा ज्योतिषाचार्य तथा वस्तु विद् 9848060799 मेष -नयाँ अवसर प्राप्त हुने समय छ। आत्मविश्वास बढ्नेछ र अधुरो काम पूरा गर्न सकिनेछ। तर, अनावश्यक विवादबाट बच्नुहोस्। पारिवारिक सहयोग पाइनेछ। वृष -धनलाभको सम्भावना छ। व्यवसायिक योजना सफल हुनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। मिथुन -मित्रहरूसँग रमाइलो समय बित्ने दिन। छोटो यात्राबाट लाभ हुनेछ। तर, […]

झापा । अर्जुनधारा नगरपालिका–११ पुष्पलाल चौक निवासी नेत्रप्रसाद सिवाका १० वर्षीय छोरा प्रदीप सिवा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आज बेलुका ४:४५ बजेको समयमा आफ्नै घरमा सारीको पिङ बनाएर खेल्दै गर्दा अचानक झुन्डिएका थिए। घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको […]

दाङ । यस्तै परिवेशमा आफूलाई स्थापित गर्न सफल भएकी छन्, माधवा शर्मा पोखरेल । उनी नेपालको पश्चिम क्षेत्रमा सक्रिय महिला हुन् । ज्योतिषमा स्नातकोत्तर (आचार्य) तहको अध्ययन गरेर उनले आफ्नो निजी कार्यालयमार्फत ग्रह गणनादेखि भविष्यवाणी र मोटिभेसनल गाइडेन्स जस्ता विविध सेवा दिइरहेकी छन् । ज्योतिषशास्त्र पढाइतर्फ कसरी आकर्षित हुनुभयो ? यो विषयमा आकर्षण भयो भन्नुभन्दा […]

error: Content is protected !!