०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

बाजुरा केन्द्रबिन्दु भएर भूकम्प, प्रदेश ७ मा धक्का महसुस

Logo
प्रकाशित मंगलबार, जेठ २२, २०७५

बैतडी,२२ जेठ
बाजुरा केन्द्रबिन्दु भएर आज विहानै भुकम्प गएको छ । बैतडीसहित प्रदेश ७ का पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तिर्थ दाहालका अनुसार बिहान ७ बजेर १९ मिनेटमा बाजुरा केन्द्रबिन्दु भएर ४ दशमलव ९ रिक्टर स्केलको भूकम्प गएको हो । बाजुरा र हुम्लाको सीमाक्षेत्र उत्तर जंगलतिर केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का महसुस बैतडी,दार्चुला, बझांग, बाजुरा लगायतका जिल्लामा महसुस गरिएको थियो । भूकम्पको धक्का महसुस गरिएको भएपनि कुनै क्षतीको जानकारी नआएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन […]

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यका लागि दर्ता गराएको आफ्नो उम्मेदवारी फिर्ता गरेका छन्। उनी प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवार बनेका थिए। डा. भट्टराईले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष सम्बोधन गर्दै उम्मेदवारी फिर्ता गर्ने निर्णय सार्वजनिक गरेका हुन्। उनले गोरखा-२ का स्थानीय नागरिक तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूबाट आएको […]

काठमाडौं । भक्तपुरको मध्यपुरथिमी-२ सानोठिमीस्थित बाल सुधार गृहमा कुटाकुट भएको छ। बिहीबार राति १० बजेतिर बाल सुधार गृहमा राखिएका दुई समूहबीच कुटाकुटसँगै आगजनी र तोडफोड समेत भएपछि अवस्था तनावग्रस्त बनेको थियो। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जवेगुले बाल सुधार गृहमा राखिएका दुई पक्षबीच  बिहीबार राति कुटाकुट भएको र अहिले अवस्था सामान्य भइसकेको जानकारी दिए। डीएसपी […]

error: Content is protected !!