२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

चितवनमा प्रचण्ड विरोधी एसपीकाे खाेजी सरुवा र पदस्थापन प्रभावित

Logo
प्रकाशित सोमबार, माघ २६, २०७७

 

ABC Sanchar
काठमाडौं । नेपाल प्रहरीका डिएसपीबाट एसपी भएका १६ अधिकृतले गत बिहीबार फुली लगाए । फुली लगाएको चार दिन हुँदा समेत उनीहरुले जिम्मेवारी पाउन सकेका छैनन् ।
सामान्यतया फुली लगाएको दिन बढुवा भएका अधिकृतको पदस्थापन हुन्छ । तर, यसपटक एसपीको सरुवामा देखिएको विवादले पदस्थापन समेत प्रभावित भएको छ ।
स्रोतका अनुसार एसपीको सरुवामा मुख्य विवाद चितवनमा छ । जहाँ प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल प्रचण्ड विरोधी एसपीलाई लैजान चाहेका छन् । तर, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले त्यसलाई अस्वीकार गरेका छन् । उनले राजनीतिक दलप्रति तटस्थ रहने एसपी पठाउन खोजेका छन् ।

त्यही विवादका कारण गत महिनाको एसपीको सरुवामा पनि चितवनका एसपी हेरफेर भएन । यसपटक एसपीको सरुवा र पदस्थापन एकैपटक गर्न लागिएको छ । तर, चितवनमा कुरा नमिल्दा आइतबार पनि निर्णय हुन नसकेको स्रोत बताउँछ ।
यसअघि चितवनमा सामान्यतया प्रचण्ड निकट एसपीलाई पठाउने गरिएको छ । पूर्व प्रधानमन्त्रीको गृहजिल्लामा एसपीको सरुवा गर्दा सामान्यतया सहमति लिने चलन प्रहरीमा छ ।

गत वर्ष पनि चितवनमा एसपीको सरुवामा ठूलो विवाद भएको थियो । सर्वेन्द्र खनालले गंगा पन्तलाई चितवन पठाएका थिए । तर, प्रचण्डले नमानेपछि एक महिनापछि पन्तलाई पर्सा सरुवा गरेर नान्तीराज गुरुङलाई पठाइएको थियो । गुरुङको कार्यकाल करिब एक वर्ष पुगेकाले हेरफेर गर्न लागिएको हो ।दृष्टिबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]