०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

बाँके ट्राफिकले ३ दिनको अबधिमा ३ लाख ८३ हजार ५ सय राजस्व

Logo
प्रकाशित सोमबार, माघ २६, २०७७

 

(महेन्द्र सिंह)
बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले राजस्व संकलन कार्यलाई तिब्र बनाएको छ।

बाँके ट्राफिकले जिल्लाभरमा ३ दिनको अवधिमा ३ लाख ८३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरका अनुसार ३ दिनको अवधिमा ५७९ वटा सवारीसाधनलाई जरिवाना तिराएको हो । त्यस्तै ट्राफिक प्रहरीले मापसे गरेका १४ जनालाई कारबाही गरेर १४ हजार जरिवाना तिराएको हो । ट्राफिक प्रहरीले माघ २३ गते १६७ वटा सवारीसाधन कारबाही गर्दै १ लाख राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिए ।

यस्तै माघ २४ गते १४ जना मापसे गरेकाहरुलाई १४ हजार जरिवाना तिराइएको थियो । ट्राफिक प्रहरीले माघ २५ गते २१२ सवारीसाधनलाई कारबाही गर्दै १ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । आज दिउँसोसम्म बाँकेभर ट्राफिक प्रहरीले २ सय सवारीसाधनलाई कारबाही गर्दै १ लाख ३६ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । बाँके जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक भण्डारी आएयता ट्राफिक प्रहरीले दोब्बर राजस्व संकलन गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुन: बदली आउने चेतावनी दिएको छ । विभागका अनुसार मंगलबारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो । गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले […]

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]