०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

वार्ताको लागि विप्लव नेतृत्वको नेकपाको ३ शर्तहरु सरकार सकारात्मक

Logo
प्रकाशित मंगलबार, माघ २७, २०७७

ABC Sanchar
काठमाडौं। प्रतिनिधिसभा विघटन गरेर दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेसँगै सरकार निर्वाचनको वातावरण बनाउन लागेको छ। त्यसका लागि सरकारले हिंसात्मक आन्दोलन गर्दै आएको विप्लव नेतृत्वको नेकपासँग वार्ताको पहल गरेको छ। पूर्व माओवादी पृष्ठभूमिका मन्त्रीमार्फत सरकारले विप्लव नेतृत्वका नेकपाका नेतासँग अनौपचारिक संवाद गरिरहेको छ।

उता विप्लव नेतृत्वको नेकपा पनि वार्ताका लागि सकारात्मक देखिएको छ। त्यसका लागि यसले तत्काल तीन वटा माग अगाडि सारेको छ। वार्ताको वातावरण बनाउन विप्लव नेतृत्वको नेकपाले आफूमाथिको प्रतिबन्ध खारेजी, पक्राउ परेका नेता कार्यकर्ताको रिहाइ र वार्ताका लागि औपचारित्र पत्र पठाउनुपर्ने पूर्व सर्त राखेको छ।

‘हामीले वार्ता विरोधी होइनौं, हामी वार्तामार्फत नै समस्याको समाधान होस भन्ने चाहन्छौं,’ विप्लव निकट स्रोतले डिसी नेपालसँग भन्यो, ‘त्यसका लागि हामीले केही पूर्वशर्त राखेका छौं, ती पूरा हुने वित्तिकै वार्ताको वातावरण बन्छ।’

विप्लव नेतृत्वको नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको संयोजकत्वका वार्ता टोली गठन गरेको छ। सो वार्ता टोलीमा धर्मेन्द्र बाँस्तोला र चिरन पुन सदस्य छन्।

सरकारी प्रतिबन्धपछि ठूलो संख्यामा कार्यकर्ता पलायन भएपनि विप्लव नेतृत्वको नेकपा सरकारसँग वार्ता गर्नुपर्ने दबावमा रहेको र सरकारले पनि घोषित निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न वार्ता गर्नैपर्ने अवस्था रहेकाले दुवै पक्ष वार्ताप्रति सकारात्मक भएका हुन्।

‘सरकार सबै असन्तुष्ट पक्षसँग वार्तामार्फत नै निकास निकाल्न चाहन्छ, एक मन्त्रीले भने, ‘अहिले विप्लवहरुसँग वार्ता गरेर मुलधारमा ल्याउने कोशिश जारी छ।’

तर विप्लव निकट स्रोतका मुद्दाका हिसावले केही प्रगति र तलमाथि भएको छैन। वार्ताको विषय कहाँबाट सुरु गर्ने भन्ने विषयमा पनि अन्यौल गरेको छ। तर सरकार आफैं वार्ता प्रति सकारात्मक भएका बेला वार्ता गर्न सक्दा राजनीतिक रुपमा आफू माथि पर्न सक्ने बुझाई विप्लव समूहको छ।

सरकारले यसअघि पनि वार्तामार्फत समस्या समाधान गर्ने भन्दै तत्कालीन सरकारी वार्ता टोलीमार्फत वार्ताको पहल गरेको थियो। तत्कालीन सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले विप्लव समूहसँग वार्ताको पहल गरेपनि सार्थक भएको थिएन।

‘अहिले आफ्नो शक्ति कमजोर भएको बेला शक्ति सञ्चय गर्ने उद्देश्यले वार्ताको कुरा गरेको पनि हुनसक्छ,’ स्रोतले भन्यो, ‘उहाँहरु इमान्दारिताका साथ आए वार्तामार्फत समस्या समाधान गर्न सरकार तयार छ।’

सरकारले अहिले नै विप्लव समूहसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने, विप्लव समूह साँच्चै वार्ताका लागि तयार भएको हो भने मात्रै आधिकारिक रुपमा वार्ता टोली गठन गर्ने जनाएको छ। डिस नेपालबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!