२६ कार्तिक २०८३, बिहिबार
12-11-2026 , Thu
×

नेपाल प्रहरीको ७ जना एसपीहरुको सरुवा

Logo
प्रकाशित मंगलबार, माघ २७, २०७७

ABC क्राईमबिट
काठमाडौं । प्रहरी प्रधानकार्यालयले माघ २७ गतेको निर्णय अनुसार सात जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ । जसअनुसार लामो समयदेखि रिक्त रहेको जिल्ला प्रहरी कार्यालय चितवनमा ओम प्रसाद अधिकारीको सुरुवा गरिएको छ । विवादका कारण लामो समय चितवनमा एसपीको सरुवा हुन सकिरहेको थिएन ।

यसअघि नान्तीराज गुरुङको सरुवा भएपछि चितवनमा एसपीको सरुवा भएको थिएन । उनको स्थानमा अधिकारी जाने भएका छन् । गुरुङ भने दानबहादुर मल्लको स्थानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  झापा । शिवसताक्षी नगरपालिका-११ स्थित चुरे पहाडको फेदीमा रहेको झरना खोलाको खोल्सीमा १२ फिट लामो अजिङ्गरले बाख्रा निलेको अवस्थामा फेला परेको छ। करिब २० किलो तौलको बाख्रा निलेको अवस्थामा अजिङ्गर भेटिएको हो। खोल्सीमा बाख्रा निलेपछि अजिङ्गर देखिएको स्थानीयले बताएका छन्। बाख्रा निलेर फुलेको पेटसहित अजिङ्गर खोल्सीमै रहेको देखेपछि हेर्नका लागि स्थानीयको भीड लागेको थियो।

  बाँके । नेपालगञ्ज तिहारको अन्तिम दिन भाइटीकाको अवसरमा राष्ट्रिय जनमत पार्टी नेपालगञ्जका नेता इरफान अहमद शेषले भाइटीका मनाउनु भएको छ। उहाँले टीका थाप्दै पर्वलाई खुशीका साथ बिदाई गर्नुभयो। यस अवसरमा उहाँले राष्ट्रिय जनमत पार्टीको तर्फबाट सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। साथै टीका लगाइदिनुहुने प्रिय दिदीलाई उहाँले हार्दिक धन्यवाद […]

  काठमाडौं । भाइटीकाका दिन सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुने भएकाले सर्वसाधारणको सहज आवतजावतका लागि सशस्त्र प्रहरीले काठमाडौं उपत्यका र भक्तपुरमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बुधबार बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गरिएको सेवाबाट काठमाडौं रिङरोड क्षेत्रमा १ हजार ७६६ र […]