प्रकशित मिति : २९ माघ २०७७, बिहीबार ०८:१३

ABC Sanchar
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । बुधबार राती १२ बजेदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २÷२ रुपैयाँले बढाएको हो । योसँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय १२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।
यसपटक खाना पकाउने एलपी ग्यास पनि महँगिएको छ । एलपी ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँले महँगिएर प्रति सिलिन्डर १ हजार ४ सय रुपैयाँ पुगेको हो ।
अन्तराष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि मूल्य बढाउनु परेको निगमले जनाएको छ । बढाइएको मूल्यमा बिक्री गर्दा पनि पेट्रोल, डिजेल र एलपी ग्यासमा नोक्सानकै अवस्था रहेको निगमले जनाएको छ ।रासस


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com