२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँकेको बुद्धनगर  टोलमा सेक्युरिटी साइरन सीसीटिभी जडान गरियो

Logo
प्रकाशित आइतबार, फाल्गुण ०२, २०७७

 

(महेन्द्र सिंह)
बाँके । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं. १८ स्थित बुद्धनगर टोलमा कम्युनिटी सेक्युरिटी साइरन एण्ड सीसीटिभी जडान गरिएको छ ।
समाजमा हुने अपराधलाई निस्तेज पार्न टोल सुधार समितिमा रहेका ३५ घरले सेक्युरिटी साइरन जडान गरेका हुन् । कम्युनिटी सेक्युरिटी साइरन एण्ड सीसीटिभीको आइतबार एक समारोहका बीचमा नेपालगञ्जका उपमेयर उमा थापामगर, बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानालगायतले उद्घाटन गर्नुभयो । बुद्धनगरमा जडान गरिएको साइरन बाँकेमै पहिलो हो । अन्य वडामा पनि कम्युनिटी साइरन जडान गर्ने तयारी भइरहेको छ ।

एसपी रानाले अपराध न्यूनीकरणमा कम्युनिटी साइरनले राम्रो भूमिका खेल्ने बताउनुभयो । उहाँले जिल्लामा एक वर्षमा एघार सय मुद्दा हुने गरेको उल्लेख गर्दै टोल टोलमा यस्तो साइरन राख्न सकेमा त्यो संख्या घट्ने दावी गर्नुभयो ।
समितिका अध्यक्ष डा. राजेशकेसर खनाल, सामुदायिक प्रहरी सेवाका दिपेन्द्रकुमार जोशी, समितिका सल्लाहकार धर्मेन्द्र शाहलगायतले टोलमा आपतविपत पर्दा साइरन बज्ने भएकाले सुरक्षा मजबुत हुने बताउनुभयो ।
३५ घरमा साइरन जडान गरिएको छ । एउटा घरमा दुई वटा मोबाइलमा घण्टी बज्ने व्यवस्था मिलाइएको छ । चोरी, आगलागी वा कुनै पनि हिंसा हुने बित्तिकै मोबाइलको कोड नम्बर थिच्ने बित्तिकै ३५ घरमा म्यासेज जान्छ र साइरन बज्छ । दोस्रो पटक कोड नम्बर थिच्दा प्रहरीमा म्यासेज जाने व्यवस्था मिलाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!