२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सिआईबीले दस्तखत किर्ते गर्ने नक्कली डाक्टर पक्राउ

Logo
प्रकाशित सोमबार, फाल्गुण ०३, २०७७

ABC Sanchar
काठमाडौं । नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकहरुले पाउने स्थायी दर्ता प्रमाणपत्रको लागि पेश गर्नुपर्ने निवेदनमा हस्ताक्षर गर्ने एकजना नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्घखाँचीको मालारानी गाउँपालिका-८ घर भइ काठमाडौंको कान्ति संगममार्ग बस्ने ३६ वर्षीय जितेन्द्र पन्थी छन् । प्रन्थीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकहरुले लिनुपर्ने स्थायी दर्ता प्रमाण पत्रको लागि निवेदन दिने क्रममा नियमानुसार आवेदन भरेपछि फारमको अन्त्यमा काउन्सिलमा स्थायी दर्ता भएका चिकित्सकले दस्तखत गरी प्रमाणित गर्नुपर्ने प्रक्रिया छ ।

पक्राउ परेका पन्थीले डा जितेन्द्र शर्मा (एनएमसी दर्ता नम्बर २३६४) लेखी डा कृष्ण रिजालको आवेदन फारममा दस्तखत गरेर प्रमाणित गरेका थिए ।

रिजालले भरेको फर्मको अनुसन्धान गर्ने क्रममा आफूलाई डाक्टर जितेन्द्र शर्मा भन्ने पन्थीले काउन्सिलबाट लाइसेन्स प्राप्त नै नगरी सहीछाप गरी लिखतसम्बन्धी कसुर गरेको खुल्न आएको सीआईबीले जानकारी दिएको छ ।

पक्राउ परेका पन्थीविरुद्ध लिखत सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिइ थप अनुसन्धान भइरहेको सीआईबीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]