२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

वामदेव गौतमद्वारा नयाँ पार्टी नेकपा एकता राष्ट्रिय अभियान घोषणा

Logo
प्रकाशित सोमबार, फाल्गुण ०३, २०७७

ABC Sanchar
काठमाडौँ । राष्ट्रिय सभाका मनोनीत सांसद वामदेव गौतमले नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रीय समन्वय समिति र केन्द्रीय कार्यसम्पादन समितिलाई अन्तिम रूप दिएका छन् ।
गौतमले अभियानको सह–संयोजकमा हरि पराजुलीलाई तोकेका छन् । सचिवको जिम्मेवारी बाबुराम थापालाई दिइएको छ ।
गौतमले ‘पूर्व गुण्डा नाइके’ले परिचित एवम् गण्डकी प्रदेशका स्वतन्त्र प्रदेश सांसद दीपक मनाङे, मेनपावर व्यवसायी रघुनाथ पुरीलगायतलाई कार्यसमितिमा राखेका छन् ।
गौतमले केन्द्रीय कार्यसमितिमा आफ्नी पत्नी तुलसा थापालाई समेत राखेका छन् । गौतमले भ्रष्टाचार अभियोगमा सजाय पाएका व्यक्तिलाई पनि राखेका छन् । गौतमले विभिन्न जिल्लाहरूमा ईञ्चार्ज पनि तोकेका छन् ।
गौतमको कार्यसमितिमा गंगा चौधरी सत्गवा, इन्दिरा पन्त, डिबी कार्की, डोलबहादुर कार्की, ताजमोहम्मद मियाँ, तुलसी थापा मनोनीत भएका छन् । तुलसी थापा संयोजक गौतमकी पत्नी पनि हुन् ।
जग्गा कारोबारी प्रकाश आचार्यलाई पनि गौतमले कार्यसमितिमा राखेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!