०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

बाँकेमा नेपाली सेनाको गाडी दुर्घटना हुँदा १० जना घाइते

Logo
प्रकाशित सोमबार, फाल्गुण ०३, २०७७

 (महेन्द्र सिंह) बाँके। राप्ती सोनारी गाउँपालिकामा सेना सवार बस दुर्घटना भएको छ। दुर्घटनामा १० जना सैनिक घाइते भएका छन् ।सोलुखुम्बुको नाम्चेबाट कालिकोटमा रहेको शमसेर दल गुल्मको लागि जादै गरेको टोली सवार ना ५ ख ५९१ नम्बरको बस राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलामा आज अबेर साँझ दुर्घटनामा परेको हो। दुर्घटना भएको बसमा सेनाका क्याप्टेन उमेश राईको नेतृत्वमा २३ जना सैनिक सवार थिए। दुर्घटना भए लगत्तै सशस्त्र प्रहरी बल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोली उद्धार कार्यको लागि खटिएको थियो । दुर्घटनामा घाइते भएकाहरुको नेपालगन्ज राँझास्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]

(एबिसि संचार ) जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले पुष्टि गर्दै परिचय नखुलेका ट्र्याक्टर […]