०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

बाँकेमा नेपाली सेनाको गाडी दुर्घटना हुँदा १० जना घाइते

Logo
प्रकाशित सोमबार, फाल्गुण ०३, २०७७

 (महेन्द्र सिंह) बाँके। राप्ती सोनारी गाउँपालिकामा सेना सवार बस दुर्घटना भएको छ। दुर्घटनामा १० जना सैनिक घाइते भएका छन् ।सोलुखुम्बुको नाम्चेबाट कालिकोटमा रहेको शमसेर दल गुल्मको लागि जादै गरेको टोली सवार ना ५ ख ५९१ नम्बरको बस राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलामा आज अबेर साँझ दुर्घटनामा परेको हो। दुर्घटना भएको बसमा सेनाका क्याप्टेन उमेश राईको नेतृत्वमा २३ जना सैनिक सवार थिए। दुर्घटना भए लगत्तै सशस्त्र प्रहरी बल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोली उद्धार कार्यको लागि खटिएको थियो । दुर्घटनामा घाइते भएकाहरुको नेपालगन्ज राँझास्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]

error: Content is protected !!