२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

केही गुनासो छ भने १६६०७६५२००१ मा फोन गर्नुहोस, तत्काल सुनुवाई हुनेछ ।

Logo
प्रकाशित बुधबार, जेठ २३, २०७५

सनिउल्ला धोबी कपिलवस्तु जेठ २३,
कपिलवस्तुको विजयनगर गाउपालिकाको काम कारवार्हिलाई पारदर्शि, सुशासन र जवाफदेही वनाउनको लागी गाउपालिका कार्यलयमा टोल फ्रि सेवा सुचारु गरिएको छ ।
नमुना गाउँपालिका बनाउने लक्ष्यका साथ गाउँपालिकामा टोल फ्रि न १६६०७६५२००१ मा फोन गर्दा पैसा नलाग्ने निशुल्क टेलिफोन सेवा संचालनमा ल्याई केही गुनासो सुझाव सल्लाह आए तत्काल सम्बोधन हुने गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताउनु भयो ।
बालबालिकाका विभिन्न गुनासो,गाउँपालिका वासीहरुको समस्या गुनासो सिधै गाउँपालिकामा राख्न पाउन सकिने व्यावस्था रहेको छ । विशेषतः यो सेवाले गाउँपालिका भित्रका बालबालिकाहरुको सवालमा प्रत्यक्ष सुनुवाई गर्ने ,बाल अधिकार हनन भएको वा कुनै सल्लाह सुझाव भएमा गाउपालिकाको टोल फ्रि न १६६०७६५२००१ मा सम्पर्क गर्न अध्यक्ष थापाले अनुरोध गर्नुभयो ।
गाउपालिकालाई नमुना गाउपालिका निमार्ण गर्ने उद्देश्य रहेकोले यस गाउपालिकामा सवै गाउवासीहरुको सुझाव सल्लाह आवश्यक रहेको वताउदै थापाले आगामी दिन सके प्रत्येक्ष भेटेर नसके पैसा नलाग्ने टोल फ्रि नम्वरमा सम्पर्क गरी वताउन सकिने व्यावस्था गरेको बताउनु भयो । थापाले भन्नु भयो “अव गाउँपालिकाको कुनै पनि ठाउँमा कुनै पनि काममा ढिला सुस्ती अपार्दशिकता भएमा तत्काल सोहि ठाउमा वाट गाउपालिकामा सोझै सम्पर्क गर्नुहोस र हामी तत्काल छानविनको प्रकृया अगाडी बढाउँछौं ।
गाउँपालिकमा टोल फ्रि फोन सेवा सुरु भए पछि स्थानियहरु खुसी भएका छन । “अब गाउँपालिका लाई सल्लाह सुझाव दिनका लागि फोन गर्दा पैसा नलाग्ने भएपछि सेवामा पारदर्शिता आउछ ’स्थानीय अग्नी सापकोटाले भन्नु भयो । बाल अधिकार सुनिश्चितताका लागि टोल फ्रि सेवा अझ प्रभावकारी हुने भएकोले बालबालिका अझ धेरै खुसी भएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दिया, मधुबन न.पा.-६* मा भारतबाट भन्सार छली ल्याएर गोदाम राखिएको ठूलो परिमाणको सामान नियन्त्रणमा लिएको छ। *१. कोपिला खत्रीको घर गोदामबाट – जम्मा रु. ५,४१,७२०/-* 1. मटर: १३५ बोरा × ४० = रु. ४,५०,०/- 2. कालो प्लास्टिक: ४.५ बोरा × ६१६० = रु. २७,७२०/- 3. सुपर पावर […]

दाङ । भालुवाङमा चेकजाँच गर्ने क्रममा बिल-बिजक नभएको ठूलो परिमाणको फलफूल बरामद गरेको छ। *बरामदको विवरण:* – *स्थान*: दाङ, राप्ती गाउँपालिका-१, भालुवाङ पुलचोक, पूर्व-पश्चिम राजमार्ग – *गाडी*: बा.प्र.०६-०१ च. ४१ नम्बरको योद्धा पिकअप – *चालक*: पूर्वी नवलपरासी, कावासोति न.पा.-१४ का २९ वर्षीय *कुम नारायण महतो* – *फलफूल*: 1. *आँप – ९२० के.जी* 2. *हरियो नरिवल […]

तनहुँ । ब्यास नगरपालिका–५ चापाघाटस्थित पृथ्वीराजमार्गमा असंवेदनशील रूपमा पशु ओसारपसार गर्ने एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको चेकिङ टोलीले आइतबार राति ५ वटा गोरुसहितको पिकअप गाडी नियन्त्रणमा लिएको हो। थर्पुबाट आँबुखैरेनी तर्फ जाँदै गरेको टाटा योद्धा पिकअपमा कुनै कागजात नभएको र पशुलाई निकै कष्ट हुने गरी ‘असंवेदनशील’ रूपमा राखेर […]

error: Content is protected !!