२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

केही गुनासो छ भने १६६०७६५२००१ मा फोन गर्नुहोस, तत्काल सुनुवाई हुनेछ ।

Logo
प्रकाशित बुधबार, जेठ २३, २०७५

सनिउल्ला धोबी कपिलवस्तु जेठ २३,
कपिलवस्तुको विजयनगर गाउपालिकाको काम कारवार्हिलाई पारदर्शि, सुशासन र जवाफदेही वनाउनको लागी गाउपालिका कार्यलयमा टोल फ्रि सेवा सुचारु गरिएको छ ।
नमुना गाउँपालिका बनाउने लक्ष्यका साथ गाउँपालिकामा टोल फ्रि न १६६०७६५२००१ मा फोन गर्दा पैसा नलाग्ने निशुल्क टेलिफोन सेवा संचालनमा ल्याई केही गुनासो सुझाव सल्लाह आए तत्काल सम्बोधन हुने गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताउनु भयो ।
बालबालिकाका विभिन्न गुनासो,गाउँपालिका वासीहरुको समस्या गुनासो सिधै गाउँपालिकामा राख्न पाउन सकिने व्यावस्था रहेको छ । विशेषतः यो सेवाले गाउँपालिका भित्रका बालबालिकाहरुको सवालमा प्रत्यक्ष सुनुवाई गर्ने ,बाल अधिकार हनन भएको वा कुनै सल्लाह सुझाव भएमा गाउपालिकाको टोल फ्रि न १६६०७६५२००१ मा सम्पर्क गर्न अध्यक्ष थापाले अनुरोध गर्नुभयो ।
गाउपालिकालाई नमुना गाउपालिका निमार्ण गर्ने उद्देश्य रहेकोले यस गाउपालिकामा सवै गाउवासीहरुको सुझाव सल्लाह आवश्यक रहेको वताउदै थापाले आगामी दिन सके प्रत्येक्ष भेटेर नसके पैसा नलाग्ने टोल फ्रि नम्वरमा सम्पर्क गरी वताउन सकिने व्यावस्था गरेको बताउनु भयो । थापाले भन्नु भयो “अव गाउँपालिकाको कुनै पनि ठाउँमा कुनै पनि काममा ढिला सुस्ती अपार्दशिकता भएमा तत्काल सोहि ठाउमा वाट गाउपालिकामा सोझै सम्पर्क गर्नुहोस र हामी तत्काल छानविनको प्रकृया अगाडी बढाउँछौं ।
गाउँपालिकमा टोल फ्रि फोन सेवा सुरु भए पछि स्थानियहरु खुसी भएका छन । “अब गाउँपालिका लाई सल्लाह सुझाव दिनका लागि फोन गर्दा पैसा नलाग्ने भएपछि सेवामा पारदर्शिता आउछ ’स्थानीय अग्नी सापकोटाले भन्नु भयो । बाल अधिकार सुनिश्चितताका लागि टोल फ्रि सेवा अझ प्रभावकारी हुने भएकोले बालबालिका अझ धेरै खुसी भएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!