१६ साउन २०८२, शुक्रबार
01-08-2025 , Fri
×

भागरथीको बलात्कार पछि हत्या प्रकरणमा १ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०४, २०७७

(ABC क्राईमबिट)
काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्याको अनुसन्धानका क्रममा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) समेतको टोलीले शनिबार राति कञ्चनपुरको महेनद्रनगरबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्ति दोगडाकेदार गाउँपालिकाकै सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् ।

भागरथी बेपत्ता भएको दिन उनी बैतडीको खोचलेक बजारमा थिए । खोचलेक बजारमा उनले भागरथीको पिछा गरेको देखिएको प्रहरी अनुसन्धान बाट खुलेको छ ।

भागरथी मृत फेला परेको दिनदेखि भने उनले बैतडी छाडेका देखिएको छ । घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले उनको घरमा भागरथीको मोबाइलको ब्याट्री फेला पारेको थियो ।

भागरथीको मोबाइलको ब्याट्री फेला परे देखिनै प्रहरीले उनीमाथि निगरानी बढाएको थियो । पछिल्लो समय उनी वनबासा नाका हुँदै भारत जान खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिलाई बैतडी प्युराइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रहरीले आधिकारिक रुपमा भने भागरथी हत्या प्रकरणमा कोही व्यक्ति पक्राउ पारेको विषय सार्वजनिक गर्न मानेको छैन ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीले आफ्ना अनलाइन सेवा प्रयोगकर्ताका लागि ठूलो सुविधा ल्याएको छ। अबदेखि नेपाल प्रहरीको डोमेन तथा उप-डोमेनमार्फत सर्वसाधारणलाई प्रदान गरिने अनलाइन सेवाहरू नेपाल टेलिकम (एनटीसी) र एनसेल आजियाटा लिमिटेडको मोबाइल तथा इन्टरनेट नेटवर्कमार्फत निःशुल्क प्रयोग गर्न सकिने भएको छ। नेपाल प्रहरीका अनुसार अब शून्य ब्यालेन्स भएको अवस्थामा पनि नागरिकहरूले प्रहरीका डिजिटल सेवा सहज […]

बाँके । कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारीका अनुसार उक्त अवधिमा जम्मा २९ अर्ब १५ लाख ५९ हजार ७३६ रुपियाँ राजस्व सङ्कलन गरिएको हो। प्रमुख भण्डारीका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २५ अर्ब ९४ करोड १३ लाख ६५ हजार ३६४ रुपियाँराजस्व सङ्कलन भएको थियो। यसअनुसार चालु आर्थिक वर्षमा ३ अर्ब ६ करोड १ […]

काठमाडौँ । महाराजगन्जको साम्बाला होटलमा जन्मदिन मनाउन भेला भएका चक्रे मिलन (मिलन गुरुङ) र उनका सहयोगी गएराति पक्राउ परे । पक्राउ पर्नेमा मिलन र उनका सहयोगी राहुल खड्का सहित ४७ जना छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरूले उनीहरूलाई केही दिनअघिदेखि नै पछ्याएका थिए । केही दिनअघि भक्तपुरमा ३ वटा गाडीले सडक छेकेर हिँडेको […]

error: Content is protected !!