२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

नेपाल प्रहरीको सक्रियता भारतको दिल्लीबाट महिला र बालकको उद्धार

Logo
प्रकाशित बुधबार, फाल्गुण ०५, २०७७

 

ABC क्राईमबिट
काठमाडौं । इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले नेपालबाट दिल्ली लगिएका एक महिला र बालकको उद्धार गरेकोछ । सिरहा नगरपालिका ७ स्थित आफ्नै घरबाट गत मङ्सिर २७ गतेदेखि वेपत्ता भएका २३ वर्षीया महिला र उनका ५ वर्षीय तथा ३ वर्षीय छोराको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वयमा भारतको नयाँ दिल्लीबाट शनिबार शकुशल उद्दार गरेको हो ।

उनीहरू घरबाटै वेपत्ता भएको र भारत बिहारको दरभंगा बस्ने दिपक पासवानसँग रहेको अवस्थामा दिपकका आफन्त भारतीय नागरिक बिहार दरभंगा बस्ने ललन कुमारले फोनमा आमा र बच्चा आफ्नो नियन्त्रणमा रहेको तथा ज्यान चाहिएमा ७ लाख नेपाली रुपैयाँ मेरो खातामा हालिदिनु भन्दै धम्की दिएको भन्ने पीडितका आफन्तको निवेदन र फोटो सहितको विवरण प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा प्राप्त हुनासाथ पीडितको खोजतलास तथा उद्दारका लागि उक्त शाखाबाट भारतीय प्रहरीसँग आवश्यक समन्वय भएको थियो ।
इन्टरपोल शाखाको समन्वय पश्चात भारतीय प्रहरीले उनीहरूलाई नयाँ दिल्लीबाट उद्दार गरी आफन्तको जिम्मा लगाएको इन्टरपोल शाखाले जनाएको छ । घटनाको बारेमा भारतीय प्रहरीले समेत अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।