३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

सिमाबाट चेलीको उद्धार,बिचौलियाको चेली बेच्ने योजना यसरी भयो असफल

Logo
प्रकाशित बुधबार, जेठ २३, २०७५

२३ जेठ/कपिलवस्तु

दलालहरु चिल्ला कुरा गर्छन,अनेक सपना र लोभ देखाउछन । घरमा चरम दुख अनि परिवारमा आएको विखण्डनले दलालहरु छिट्टै चेलीको मन जित्छन । तर चेलिहरु दलालहरुको त्यो नाटक बुझ्न सक्दैन्न। गरिबी, अशिक्षा र बेरोजगारको कारण कैयौं नेपाली चेलीहरु आफ्नो जीन्दगी बर्बाद तर्फ गई रहेको पत्तो पाउदैनन।यस्तै,दलालको फन्दाबाट उम्कन सकिन्न बुटवल बस्ने एक चौबीस बर्सिय युवती (परिबर्तित नाम)सीता थापा। थापाको श्रीमान केही बर्ष अगाडी जेल परे ।त्यसपछी दुई सन्तानलाइ अनेकौ कस्ट सहेर हुर्काउदै आएकी थिइन उनै सीताले। यहि मौकामा एक दलाल क्षणिक सहयोगी बने । बिचौलियाले होटलमा सम्पर्क गरी दुबै पठाईदिने भनेपछि सहयोगी बनेको दलालको कुरा काट्न सकिनन र राजी भईन सात समुन्द्र पारी जान। राम्रो तलब हुने प्रलोभनमा दलालले सीतालाई फसाईहाले। दलालले होटलमा काम राम्रो हुने र पैसा पनि ट्न्न कमाईने भन्दै दुबई पठाउन लागेका थिए।नेपालको बाटो प्रयोग गर्दा राम्रो नहुने भन्दै अपरिचित एक व्यक्तिको साथमा लगाई भारतबाट दुवई पुर्याउन लागेको थियो! साथमा पठाएको व्यक्तिको नाम समेत थाहा नभएको ती चेलीलाइ सीमा क्ष्रेत्रमा आइपुगे पछी तिमी पछाडी आउ म आगाडी जान्छु भनेर गएको सोधपुछको क्रममा खुलेको हो। यथार्थ कुरा थाहा भएपछि नेपाल प्रहरी र केआई नेपालको सयुक्त टोलीले भारत तथा नेपालमा खोजी गरिएको थियो। फोन समपर्कमा कहिले काही कहिले काही भनि पटक पटक झुक्याएको थियो।बिचौलियाले पछी निगरानी बडाउदै लगेपछि मोबाइल स्वीच अफ गरेपछि नियन्त्रणमा लिन नसकेको केआई नेपालका जिल्ला सँयोजक केसर विश्वकर्माले जानकारि दिए ! उद्धार गरिएकी चेलीलाई हाल अभिभावकको जिम्मा लगाईएको छ । अरु चेलीको अवस्था यस्तो नआओस भनेर सम्वन्धित जिल्ला प्रंहरी कार्यलयमा गइ आवास्यक प्रकृया अगाडी बढाउने वताउनुभयो । सायद ती चेली माथि केआईनेपालको समयमैआँखा नगएको भए ती चेली बेचबिखनमा पर्न सक्ने थुप्रै प्रमाण रहेको सँयोजक विश्वकर्माले बताए !विश्वकर्माका अनुसार अर्का दुई किशोरी घरमा कुनै जानकारी नदिई भारत जादै गर्दा उद्धार गरिएको छ !उद्धार गरिएका किशोरीहरु दाङ र अर्घाखाचीका रहेका छन उद्धार गरिएका ति चेलीहरूलाई पनी अविभावकको जिम्मामा घर फिर्ता गरिएको छ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]

काठमाडौं । भोटेकोसी र त्रिशूलीमा आएको बाढीका कारण कृष्णभीरमा पहिरोले अवरुद्ध पारेको सडक ट्रयाक खुलेसँगै आइतबार २१ वटा ठुला सवारी साधन काठमाडौँबाट बाहिरिएका छन्। सडक विभागले साँझ प्रेस विज्ञप्ति जारी गरी ‘निर्माणाधीन ट्रयाकको अवस्था तथा सवारी आवागमनको सम्भाव्यता परीक्षण गर्न काठमाडौँबाट चितवनतर्फ एउटा ग्यास बुलेट सहित करिब २० वटा र चितवनबाट काठमाडौँतर्फ एउटा भारी सहित […]