२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सिमाबाट चेलीको उद्धार,बिचौलियाको चेली बेच्ने योजना यसरी भयो असफल

Logo
प्रकाशित बुधबार, जेठ २३, २०७५

२३ जेठ/कपिलवस्तु

दलालहरु चिल्ला कुरा गर्छन,अनेक सपना र लोभ देखाउछन । घरमा चरम दुख अनि परिवारमा आएको विखण्डनले दलालहरु छिट्टै चेलीको मन जित्छन । तर चेलिहरु दलालहरुको त्यो नाटक बुझ्न सक्दैन्न। गरिबी, अशिक्षा र बेरोजगारको कारण कैयौं नेपाली चेलीहरु आफ्नो जीन्दगी बर्बाद तर्फ गई रहेको पत्तो पाउदैनन।यस्तै,दलालको फन्दाबाट उम्कन सकिन्न बुटवल बस्ने एक चौबीस बर्सिय युवती (परिबर्तित नाम)सीता थापा। थापाको श्रीमान केही बर्ष अगाडी जेल परे ।त्यसपछी दुई सन्तानलाइ अनेकौ कस्ट सहेर हुर्काउदै आएकी थिइन उनै सीताले। यहि मौकामा एक दलाल क्षणिक सहयोगी बने । बिचौलियाले होटलमा सम्पर्क गरी दुबै पठाईदिने भनेपछि सहयोगी बनेको दलालको कुरा काट्न सकिनन र राजी भईन सात समुन्द्र पारी जान। राम्रो तलब हुने प्रलोभनमा दलालले सीतालाई फसाईहाले। दलालले होटलमा काम राम्रो हुने र पैसा पनि ट्न्न कमाईने भन्दै दुबई पठाउन लागेका थिए।नेपालको बाटो प्रयोग गर्दा राम्रो नहुने भन्दै अपरिचित एक व्यक्तिको साथमा लगाई भारतबाट दुवई पुर्याउन लागेको थियो! साथमा पठाएको व्यक्तिको नाम समेत थाहा नभएको ती चेलीलाइ सीमा क्ष्रेत्रमा आइपुगे पछी तिमी पछाडी आउ म आगाडी जान्छु भनेर गएको सोधपुछको क्रममा खुलेको हो। यथार्थ कुरा थाहा भएपछि नेपाल प्रहरी र केआई नेपालको सयुक्त टोलीले भारत तथा नेपालमा खोजी गरिएको थियो। फोन समपर्कमा कहिले काही कहिले काही भनि पटक पटक झुक्याएको थियो।बिचौलियाले पछी निगरानी बडाउदै लगेपछि मोबाइल स्वीच अफ गरेपछि नियन्त्रणमा लिन नसकेको केआई नेपालका जिल्ला सँयोजक केसर विश्वकर्माले जानकारि दिए ! उद्धार गरिएकी चेलीलाई हाल अभिभावकको जिम्मा लगाईएको छ । अरु चेलीको अवस्था यस्तो नआओस भनेर सम्वन्धित जिल्ला प्रंहरी कार्यलयमा गइ आवास्यक प्रकृया अगाडी बढाउने वताउनुभयो । सायद ती चेली माथि केआईनेपालको समयमैआँखा नगएको भए ती चेली बेचबिखनमा पर्न सक्ने थुप्रै प्रमाण रहेको सँयोजक विश्वकर्माले बताए !विश्वकर्माका अनुसार अर्का दुई किशोरी घरमा कुनै जानकारी नदिई भारत जादै गर्दा उद्धार गरिएको छ !उद्धार गरिएका किशोरीहरु दाङ र अर्घाखाचीका रहेका छन उद्धार गरिएका ति चेलीहरूलाई पनी अविभावकको जिम्मामा घर फिर्ता गरिएको छ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!