१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

भागरथीको हत्याको आरोपितलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक

Logo
प्रकाशित बुधबार, फाल्गुण ०५, २०७७

ABC Sanchar
काठमाडौं । बैतडीकी १७ वर्षीय किशोरी भागरथी भट्टको हत्यामा संलग्न रहेको निष्कर्षसहित प्रहरीले दिनेश भट्टलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । प्रहरीका अनुसार दिनेश स्वयंले अपराध स्वीकार गरिसकेको अवस्थामा उनलाई सार्वजनिक गरिएको हो ।

सो घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार दिनेश नै अभियुक्त हो भन्नेमा मुख्य तीन आधार देखिएको छ । अभियुक्तको बयान, परिस्थितिजन्य प्रमाण र मोबाइल कल डिटेल, लोकेसन लगायत प्राविधिक प्रमाणका आधारमा दिनेश नै उक्त घटनामा संलग्न रहेको निष्कर्षमा पुगिएको ती प्रहरी अधिकृतले बताए ।

‘पहिलो कुरा त, अभियुक्त आफैले अपराध स्वीकार गरिसकेको अवस्था छ,’ ती अधिकृतले भने, ‘परिस्थितिजन्य प्रमाण पनि उनको बयानसँग मिल्दोजुल्दो छ, कल डिटेल, लोकेसन लगायत अन्य प्राविधिक प्रमाणले पनि उनलाई नै संकेत गरेको अवस्था छ ।’

 

यो पनि…
प्रहरीद्वारा भागरथी हत्याका आरोपी सार्वजनिक
भागरथी हत्याको १३ दिनसम्म प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान गरी विभिन्न संदिग्धसँग बयान लिनुका साथै घटनास्थल आसपासका कयौं स्थानीयवासीसँग घटना भएको दिन र समयको सेरोफेरोमा भएका गतिविधिबारे सोधपुछ गरेको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले केही व्यक्तिलाई आफ्नो राडारमा राखेको थियो । परिस्थितिजन्य प्रमाण, लोकेसन, आसपासका मानिहरुको भनाइ लगायतका ‘क्लु’ का आधारमा प्रहरीले करिब एक सातादेखि अनुसन्धानको दायरालाई सीमित व्यक्तिमा केन्द्रित गर्दै आएको थियो ।

सोही क्रममा प्रहरीले दिनेशसँग समेत पटक पटक सोधपुछ गरेको थियो । मंगलबार अबेर सोधपुछका क्रममै दिनेशले अपराध स्वीकार गरेको प्रहरीको भनाइ छ । दिनेश र भागरथी एउटै विद्यालयमा अलग अलग कक्षामा पढ्दथे । उनीहरु एकै गाउँ निवासी पनि हुन् ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति उपमन्त्रीसमेत रहेकी रोजर्स नयाँ दिल्लीबाट शनिबार राति काठमाडौँ आइपुगेकी हुन्। वालेन्द्र शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार गठन भएपछि नेपाल आएकी रोजर्स अहिलेसम्मकै वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्। साथै उनी मार्च २७ मा नयाँ सरकार गठन भएयता नेपाल भ्रमण गर्ने तेस्रो वरिष्ठ अमेरिकी अधिकारी पनि हुन्। रोजर्सले मे २७ देखि जुन १० सम्म […]

बर्दिया । *के भयो:* – *स्थान*: भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याएर स्थानीय गोठमा गोदाम बनाएर बेवारिसे अवस्थामा थुपारेको अवस्थामा – *बरामद*: *३२ बोरा = १६ क्विन्टल चिनी* – *अनुमानित मूल्य*: रु. १५,९५० प्रति क्विन्टलका दरले *कुल रु. १,५२,० /- एक लाख बाउन्न हजार मात्र* – *कारबाही*: लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएर थप […]

काठमाडौं । *पक्राउको विवरण:* 1. *कहाँबाट*: थाइल्यान्डबाट पक्राउ गरी शनिबार राति काठमाडौं ल्याइएको 2. *कसरी*: उनको विरुद्धमा *इन्टरपोलले रेड नोटिस* जारी गरेको थियो। इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले थाइल्यान्ड प्रहरीसँग समन्वय गरेर पक्राउ गरेको 3. *केको मुद्दा*: ललितपुर जिल्ला अदालतमा *सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी* मुद्दा दर्ता भइसकेको छ 4. *अहिले*: थुनछेक बहसका लागि अदालतमा […]

error: Content is protected !!